प्रतिनिधिसभा नियमावली संशोधनसहित पारित: संसदीय समितिहरू गठन गर्न बाटो खुल्यो

काठमाडौं, चैत २० । प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली २०७९ संशोधन गर्दै बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमा आवश्यक संशोधन गर्दै पारित गरेको हो। नियमावली मस्यौदा समितिले गत फागुन ४ गते प्रतिनिधिसभामा पेस गरे पनि सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि सत्तापक्ष र प्रतिपक्षको विवादका कारण संसद्को बैठक बस्न सकेको […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा नियमावली : यस्ता छन् थपिएका व्यवस्था

काठमाडौं : नयाँ व्यवस्था गर्दै ‘प्रतिनिधिसभा नियमावली २०७९’ संसदबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नयाँ विषयलाई परिमार्जित गर्दै सांसद र मन्त्रीहरूलाई थप जवाफदेही बनाउने विषय समेट्दै नियमावली पारित गरेको हो।  नियमावलीमा सत्ता पक्षका सांसदले दर्ता गराएको सभामुखको तजविजी अधिकार कटौती गर्ने संशोधन प्रस्ताव फिर्ता लिइयो। सत्ता पक्षका केही सांसदले नियमावलीमा कार्य व्यवस्था परामर्श समितिलाई बढी शक्तिशाली बनाएर सभामुखको अधिकार कटौती गर्ने प्रस्तावस

प्रतिनिधिसभा नियमावली २०७९ पारित

काठमाडौं : प्रतिनिधिसभा नियमावली २०७९ पारित भएको छ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको हो। विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ।यसअघि सत्ता पक्षका केही सांसदले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्य व्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए। सो संशोधन प्रश्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको हो।कार्य व्यस्था परामर्श समितिलाई बढीभन्दा बढी शक्तिशाली बनाएर सभामुखको तजबिज अधिकार कटौती गर्ने ग

प्रतिनिधिसभा नियमावली पारित, सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता

प्रतिनिधिसभा नियमावली २०७९ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नियमावली पारित गरेको हो । विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ । यसअघि सत्ता पक्षका केही सांसदहरूले...

प्रतिनिधिसभा नियमावली सहमतिमै अघि बढाइने

सभामुखले कमजोरी स्विकारेपछि अधिकार कटौतीको विषयमा साझा बिन्दु खोज्दै दलहरू सभामुखको बैठक बोलाउने अधिकार कटौती गर्ने सत्तापक्षको प्रस्तावले अलपत्र परेको प्रतिनिधिसभा नयाँ नियमावली सहमतिमै अगाडि बढाउने समझदारी भएको छ । ५ चैतमा...

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा संकल्प प्रस्तावबारे छलफल

काठमाडाैँ- संसदमा पेश गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरू सहमत भएका छन्। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष एवम सांसद सुवाष नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदमा पेश गरिएको संकल्प प्रस्ताव कार्यान्वयनका लागि […]

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । समितिमा सांसदहरू अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही छन् ।  समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।  नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

प्रतिनिधिसभा नियमावली दलीय सहमतिमै : सभामुख महरा

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली दलीय सहमतिकै आधारमा पारित गर्ने कोशिस भइरहेको बताएका छन्। सभामुख महराले दलहरूबीच सहमति जुटाउनकै लागि बुधबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिलाई प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गर्ने कार्य सूचिबाट हटाइएको पनि स्पष्ट पारे।  बुधबा...

सहमतिमै प्रतिनिधिसभा नियमावली पारित गर्ने तयारी : सभामुख महरा

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली दलीय सहमतिकै आधारमा पारित गर्ने कोशिस भइरहेको बताएका छन्। सभामुख महराले दलहरूबीच सहमति जुटाउनकै लागि बुधबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिलाई प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूचीबाट हटाइएको पनि स्पष्ट पारे। बुधबार प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवन परिसरमा संचारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सकेसम्म सहमतिमै प्रतिनिधिसभा नियमावली बनाउन कोशिस गर्ने…