प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा संकल्प प्रस्तावबारे छलफल

काठमाडाैँ- संसदमा पेश गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरू सहमत भएका छन्। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष एवम सांसद सुवाष नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदमा पेश गरिएको संकल्प प्रस्ताव कार्यान्वयनका लागि […]

सम्बन्धित सामग्री

सभामुखलाई नियन्त्रित गर्ने संशोधन प्रस्ताव फिर्ता लिइने

काठमाडौँ। सत्तापक्षका सांसदहरुले सभामुखलाई नियन्त्रित गर्ने किसिमले राखेको संशोधन प्रस्तावहरु फिर्ता लिइने भएको छ। ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’मा सभामुखलाई नियन्त्रित गर्ने किसिमले राखेको संशोधन प्रस्तावहरु फिर्ता लिइने भएको हो।

महाभियोग प्रस्ताव ५ महिनाभित्रै टुंग्याउन दलहरू सहमत

प्रतिनिधिसभामा प्रस्तुत गरिने महाभियोग बढीमा ५ महिनाभित्र टुंग्याउने विषयमा दलहरुबीच सहमति जुटेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बुधबारको बैठकमा महाभियोग प्रस्ताव ५ महिनाभित्र किराना लगाइसक्ने गरी प्रावधान राख्न सहमति भएको हो ।

फरार सांसद निलम्बन गर्न आनाकानी

फौजदारी अपराधका अभियुक्त भई फरार रहेका सांसदलाई निलम्बन गरी सेवा सुविधाबाट वञ्चित गर्नुपर्ने सांसदहरूको मागलाई बेवास्ता गर्दै प्रतिनिधिसभा नियमावली मस्यौदा समिति नेतृत्वले निर्णय गर्न आनाकानी गरेको छ । समितिको बिहीबारको बैठकमा बाेल्ने सांसदहरूले फरार हुनु भनेकाे कानुन र अदालतकाे अवज्ञा हुने भएकाले नियमावलीमा उनीहरूलाई निलम्बन गरी सेवासुविधाबाट वञ्चित गर्नुपर्ने माग राखेका छन् ।

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । समितिमा सांसदहरू अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही छन् ।  समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।  नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

सांसद निलम्बन र समिति संख्याबारे विवाद कायमै - Naya Patrika

संसद्को संयुक्त नियमावलीमा सहमति जुट्यो- संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त नियमावलीसम्बन्धी सहमति जुटेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको बिहीबार बसेको संयुक्त...पूरा पढ्नुहोस् »

अब संसद्मा मन्त्री र सांसदबीच प्रश्नोत्तर - Naya Patrika

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापतिमा एमालेका कृष्णभक्त पोखरेल चयन संघीय संसद्मा सरकारका मन्त्री र सांसदबीच प्रश्नोत्तर गर्ने गरी नियमावली बनाउने गृहकार्य संसदीय समितिले अघि बढाएको छ । प्रतिनिधिसभाको नियमावली बनाउन...पूरा पढ्नुहोस् »