काठमाडौं : नयाँ व्यवस्था गर्दै ‘प्रतिनिधिसभा नियमावली २०७९’ संसदबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नयाँ विषयलाई परिमार्जित गर्दै सांसद र मन्त्रीहरूलाई थप जवाफदेही बनाउने विषय समेट्दै नियमावली पारित गरेको हो। नियमावलीमा सत्ता पक्षका सांसदले दर्ता गराएको सभामुखको तजविजी अधिकार कटौती गर्ने संशोधन प्रस्ताव फिर्ता लिइयो। सत्ता पक्षका केही सांसदले नियमावलीमा कार्य व्यवस्था परामर्श समितिलाई बढी शक्तिशाली बनाएर सभामुखको अधिकार कटौती गर्ने प्रस्तावस