काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सांसदहरुको सहमतिमै नियमावली टुंग्याएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले प्रतिनिधिसभा नियमावली टुंग्याएको हो । बैठकमा केही सदस्यहरुले फरक मत राख्ने बताए पनि अन्तिममा सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सदस्य लेखकले बैठकमा महाअभियोग प्रस्ताव, फौजदारी अभियोग र स्वार्थ बाझिएको […]