दसैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा तरकारीको मागअनुसार आपूर्ति नहुँदा तरकारीको भाउ बढेको जनाइएको छ । गोलभेँडाको भाउ आइतबार थोकमै प्रतिकेजी १०० देखि १२० रुपियाँसम्म पुगेको छ । गोलभेँडा मात्रै होइन, अन्य ताजा तरकारीको भाउ सयभन्दा माथि छ । कालीमाटी फलफूल तथा तरकारी बजार