सात जनाको परिवारलाई बिहान–बेलुकी छाक टार्न समस्या थियो । त्यही भएर उनले चार कक्षाभन्दा बढी पढ्न पाइनन् । आफन्तकै साथ लागेर सिन्धुपाल्चोककी लक्ष्मी (परिवर्तित नाम) काम खोज्दै काठमाडौं आइन् । जतिबेला उनको उमेर १७ वर्ष थियो । डेरामा बस्थिन् । दिनभर काममा जान्थिन् । गह्रौं भारी बोक्नुपर्ने, काम गरेअनुसार ज्याला नपाइने हुँदा उनी राम्रो कामको खोजीमा थिइन् ।