आर्थिक सङ्कट टार्न बसेको बैठकमा मासुभात र भत्ता

आफू र आफ्ना वरपरकालाई हेर्दा सबै ठिकठाक छ । मिठो खान, राम्रो लगाउन, सरर गाडीमा चढ्न, मोजमस्ती र रमाइलो गर्न सबैलाई पुगेकै छ । तै पनि अर्थतन्त्र चौपट भो, अब धान्न मुश्किल पर्छ भनेर मान्छेहरु कराइरहन्छन् । फजुल खर्च घटाउनुपर्यो भन्छन् । फजुल खर्च घटाउनै पर्यो भने आफू र आफ्नाको चित्त के भनेर बुझाउनु ? त्यो गाह्रो हुन्छ । आफ्नाको चित्त बुझाउन गाह्रो हुने देखेपछि सरकारले हतारहतार आफ्ना मान्छेलाई आ-आफ्ना ठाउँमा नियुक्त गर्यो, अर्काका मान्छेलाई पाखा लगायो । यति काम गरेपछि सरकारलाई लाग्यो, अब चाहिँ अर्थतन्त्रमा गम्भीर सङ्कट आउन सक्छ, फजुल खर्च...