काठमाडौं : निषेधाज्ञाका कारण छाक टार्न गाह्रो परेका मजदुरहरुलाई हाम्रो टिम नेपालले राहत वितरण गरेको छ।निषेधाज्ञाका कारण काम नपाएर बिहान बेलुकी छाक टार्न नसकेका श्रमिक तथा मजदुरलाई शनिबार हाम्रो टिम नेपालले राहत वितरण गरेको हो।उपत्यकाका विभिन्न स्थानबाट राहतका लागि आएका मजदुरहरुलाई १५ किलोग्राम चामल, ३ किलोग्राम दाल र १ लिटर तेल राहतस्वरुप वितरण गरिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए।शनिबार मात्रै चार सय भन्दा बढीलाई राहत वितरण गरिएको उनले जानकारी दिए। हाम्रो टिम नेपालले अप्ठ्यार