मासिक ६ हजार भाडामा लिएको झन्डै ८ रोपनी बारीमा गरेको तरकारी उत्पादनले काठेखोला गाउँपालिका–८ कादेशकी ४५ वर्षीया लालमाया पुनलाई ७ वर्षमै लखपति बनाइदिएको छ । ‘पहिला दुई छाक टार्न पनि गाह्रो थियो, अहिले राम्रै कमाइ छ’ उनले भनिन्, ‘मेहेनत गरियो भने पैसा कमाउन गाह्रो रहेनछ ।’