कवि केदारमान व्यथितका पहलमा स्थापित व्यथित–सिन्धु प्रतिभा सम्मान कोषका तर्फबाट प्रदान गरिने व्यथित–सिन्धु प्रतिभा सम्मानबाट यस वर्ष वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेललाई सम्मानित गरिने भएको छ ।
पौडेल अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक पनि हुन् । यस्तै कोषका तर्पmबाट वार्षिक रुपमा अर्पण गरिने सिन्धु प्रतिभा सम्मानबाट सिन्धुपाल्चोकका कवि जीवन श्रेष्ठलाई सम्मानित गरिने निर्णय भएको छ ।
कोषले सञ्चालन गरिआएको सिन्धु प्रतिभा सम्मानका क्रममा सम्मानित प्रतिभामा सम्मानका साथ दुवै प्रतिभालाई समान गरिने र सोको...