प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई ‘प्रतिभा सम्मान’

साहित्यकार प्राध्यापक डा. अभि सुवेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानितभएका छन् । पोखरा नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले बर्षेनी प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष सुबेदीलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’बाट सम्मान गरिएको हो ।