राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज

१७ असोज, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । यो कार्यविधिअनुसार पुरस्कार दिन निकै झन्झटिलो भएकाले खारेज गर्ने निर्णय गरिएको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताए । उनका अनुसार कार्यविधिमा पुरस्कार दिन अर्थ मन्त्रालयको सहमति दिनेदेखि मन्त्रिपरिषद्मा लैजानुपर्ने झन्जिटिलो […]

सम्बन्धित सामग्री

राष्ट्रिय खेलकुद प्रतिभाबाट ९ जना सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले खेलाडी, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई बुधबार राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।

साढे १० करोड डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं। सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । यसैगरी अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)लाई नेपाल सरकारबाट सन् २०२१ देखि २३ सम्मको वार्षिक बजेट योगदानबापत कुल ७ लाख ७५ हजार ५३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजना कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ५४ करोड ५० लाख रुपैयाँ बराबर सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ । यसैगरी सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न मन्त्रालयलाई स्वीकृतिका साथै सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन् । सरकारले नेपाल र स्विट्जरल्यान्ड तथा नेपाल र रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ । बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न मन्त्रालयलाई स्वीकृतिका साथै सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई अनुमति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्ले सिटी अफ लन्डनको मेन्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ खारेज तथा विशेष अदालत नियमावली, २०८० स्वीकृति गरेको छ । मन्त्रिपरिषद्ले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा १ को उपदफा २ अनुसार सो ऐनको प्रारम्भ हुन बाँकी दफामध्ये दफा १७ को खण्ड च, दफा २९ र ४० आगामी कात्तिक १ गतेदेखि प्रारम्भ हुने गरी तोक्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् । सरकारले शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिनुका साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको कार्यक्रमका लागि अधिकृतस्तरका ६ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । जिल्ला समन्वय समितिको कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतमा अधिकृतस्तरको कुल १७२ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी न्याय सेवा आयोगको सिफारिशबमोजिम न्याय सेवा, सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणीका सहन्यायाधिवक्ता लोकराज पराजुलीलाई सोही सेवाको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरी बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गर्ने निर्णय पनि गरेको मन्त्री शर्मा बताइन् ।

खेलाडी र खेल पत्रकार सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायक गरी ९ जनालाई आइतबार राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।

छ खेलाडीसहित नौ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीसहित ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उसु खेलाडीहरु दीपक हमाल, जुनी राई र सुस्मिता तामाङसहित कराँतेका एलेन श्रेष्ठ र एथलेटिक्सकी पुष्पा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रतिभा सम्मान प्रदान गरे ।  पारा खेलकुदतर्फका...

खेलकुद संघ र खेलाडीलाई पुरस्कार

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कारबाट नेपाल ब्याडमिन्टन संघ सम्मानित भएको...

राखेपबाट खेलाडी सम्मानित

राष्ट्रिय खेलकुद परिषदको ५४औं वार्षिकोत्सवको अवसरमा युवा तथा खेलकुद मन्त्रालयले विभिन्न ७ खेलका ८ खेलाडीलाई खेलकुद राष्ट्रिय प्रतिभा सम्मान– २०७४ बाट सम्मान गरेको छ ।