काठमाडौं । कर्णाली प्रदेशका ५६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । कुल ७९ स्थानीय तह रहेको कर्णालीमा मंगलबार राति ११ बजेसम्म कांग्रेसले २६ तहमा जित हासिल गरेको छ ।
दोस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले १६ स्थानीय तहमा जित हासिल गरेको छ । त्यसपछि क्रमश: नेकपा (एमाले) तेस्रो र नेकपा (एकीकृत समाजवादी) चौथो स्थानमा छन् ।
एमालेले ९ स्थानीय...
जेठ ३, काठमाडौं । गत वर्ष मंसिर/पुसमा घरजग्गा कारोबार घटिरहेका बेला व्यवसायीहरू भन्थे;'फागुन/चैतभित्र तरलता समस्या समाधान हुन्छ । वैशाखदेखि घरजग्गाको कारोबार पुरानै लयमा आउँछ ।'
तर वैशाखको घरजग्गा कारोबार भने व्यवसायीले सोच्दै नसोचेको जस्तो भयो । नयाँ वर्ष २०७९ को पहिलो महिनामै घरजग्गा कारोबारमा ठूलो धक्का लागेको छ ।
गत वर्ष फागुन र चैतमसम्म पनि मासिक ७० हजार हारहारी घरजग्गा किनबेच भइरहेकोमा वैशाखमा भने जम्मा ४४ हजार घरजग्गा मात्रै किनबेच भएका छन् । जुन चैतको भन्दा २६ हजार अर्थात झन्डै ४० प्रतिशत कम हो ।
धेरै कारोबार हुने ठाउँमै पनि वैशाखमा आधा मात्रै कारोबार भएको छ । ४ देखि ५ हजार घरजग्गा किनबेच हुने इटहरीमा वैशाखमा २ हजार घरजग्गा मात्रै किनबेच भएका छन् ।
३ हजार देखि ३५ सय सम्म घरजग्गा किनबेच हुने झापामा वैशाखमा १७ सय घरजग्गा मात्रै किनबेच भएका छन् । २५ सय देखि ३ हजार सम्म घरजग्गा किनबेच हुने वेलवारी मोरङमा पनि वैशाखमा १८ सय घरजग्गा मात्रै किनबेच भए ।
२२ सय देखि २५ सय घरजग्गा किनबेच हुने जनकपुरमा पनि वैशाखमा १५ सय घरजग्गा मात्रै किनबेच भए । २ हजार भन्दा बढी घरजग्गा किनबेच हुने उपत्यकाका भक्तपुर ललितपुर लगायतका मालपोत कार्यालयमा वैशाखमा १३/१४ सय घरजग्गा मात्रै किनबेच भएका छन् ।
उपत्यकामा डिल्लीबजार बाहेक सबैजसो मालपोत कार्यालयले एक हजार देखि २५ सय सम्म घरजग्गा किनबेच गराउने गरेकोमा वैशाखमा ललतिपुर भक्तपुर र कलंकीले मात्रै १ हजार भन्दा बढी घरजग्गा किनबेच गराएका छन् ।
नेपालगञ्ज, चितवन र मकवानपुर बाहेकका कुनै पनि मालपोत कार्यालयमा १ हजार भन्दा बढी घरजग्गा किनबेच हुन सकेनन् ।
घरजग्गाको कारोबार घटेसँगै चैतमा साढे तीन अर्ब रुपैयाँ उठेको रजिष्ट्रेशन दस्तुर वैशाखमा साढे २ अर्ब रुपैयाँमा सीमित भएको छ ।
किन घट्यो कारोबार ?
घरजग्गा व्यवसायीका अनुसार घरजग्गा कारोबार सुस्ताएको करीब ६ महीना भन्दा बढी नै भइसकेको छ । माघ, फागुन र चैतमा बढेको घरजग्गा कारोबार भनेको समस्यामा परेका केही व्यक्तिले सट्टापट्टा गरेको वा केही कम मूल्यमै बेचेका कारण कारोबार बढी देखिएको हो ।
अहिले भने समस्यामा परेका व्यक्तिबाट सस्तो मूल्यमा जग्गा किनेका व्यवसायीलेसमेत जग्गा बेच्न सकेका छैनन् । त्यसले गर्दा घरजग्गाको कारोबार निकै नै कम भइरहेको व्यवसायीहरू बताउँछन् ।
फागुन र चैतमा त बैंक तथा वित्तीय संस्थाले धेरै घरजग्गा लिलामीमा राखेर सकारेका कारण पनि कारोबार बढी देखिएको व्यवसायीहरू बताउँछन् ।
चैतसम्म तरलतता समस्या समाधान हुने र वैशाखपछि घरजग्गा कारोबार बढ्ने् अपेक्षा गरेका व्यवसायीहरू अब भने कम्तिमा आगामी असोजपछि मात्रै कारोबार बढ्ने बताउँछन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको छ ।
काठमाडौं : नेकपाका नेता महेश बस्नेतले भक्तपुरमा टिकट वितरण प्रक्रियामै कमजोरी भएका कारण एमाले असफल भएको बताएका छन्। एमालेविरुद्ध सबै दलहरू गठबन्धन बनाएर लागेको वेला पनि भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उद्देश्य लिएको वेला टिकट वितरणमा असफल भएको उल्लेख गरेका हुन्। ‘एमालेविरुद्ध सबै दलहरू गठबन्धन बनाएर लागेका वेला पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उद्देश्यले लागेका थियौं’‚ उनले फेसबुकमा लेखेका छन्, ‘टिकट वितरण प
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा नेकपा एमाले वडाध्यक्षमा विजयी भएकाे छ। वडा नम्बर ३१ को वडाध्यक्षमा एमालेका उम्मेदवार जितेन्द्र यादव विजयी भएका हुन्। उनी १ हजार ३ सय ७ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार सुलेमान अन्सारीले १२७३ मत प्राप्त गरे। वडाध्यक्षमा जितेका यादव […]
काठमाडाैँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले सत्तामा शून्यता होला भन्ने डरले मात्र जनताले उठेका मतदातालाई मत दिएको दाबी पनि गरेका छन्। उनले सामाजिक […]
लमजुङको राइनास नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले जितेको छ । राइनसमा नेकपा एमालेलाई पराजित गदै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । राइनासमा गठबन्धनका कांग्रेसबाट नगरप्रमुखमा खड्कबहादुर गुरुङ र माओवादी केन्द्रका पुष्पराज खनाल विजयी भएका छन् । गुरुङले ५ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । यसैगरी, नगरपालिकाको उपमेयरमा गठबन्धनको माओवादी केन्द्रबाट पुष्पराज खनाल विजयी भएका छन् ।उनले ५
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ
यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ। अहिलेकै जस्तो मौसमले साथ दिए अबको एक हप्ताभित्र यो सिजनको आरोहण सकिनेसमेत विभागको अनुमान छ।विभागका पर्वतारोहण शाखा अधिकृत भीष्मराज भट्टराईका अनुसार जारी सिजनमा साना हिमाल आरोहण गर्ने अधिकांशले आरोहण पूरा गरिसकेका छन् भने सगरमाथा आरोहण पनि अघिल्ला वर्षको तुलनामा सुरक्षित र समय
नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.४१ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत मंगलबार (वैशाख २७ मा) १ सय २३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो ।
चार वर्षअघि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा अर्कै अभियान पनि सञ्चालन भयो। त्यो अभियान थियो प्रधानमन्त्री, मन्त्रीदेखि अन्य राजनीतिक नेताले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने तर त्यसपछिका वर्षमा त्यस्तो अभियानले निरन्तरता भने पाएन।निरन्तरता पाएन मात्र होइन अभिभावकत्व ग्रहण गरिएका कतिपय विद्यार्थीको खोज खबर नै भएन । यस्तो अभियान सञ्चालन गर्ने शिक्षा मन्त्रालय र त्यस मातहतका निकायमा अभिलेख पनि छैन । अनुगमनको पाटो बेग्लै भयो। त्यसैले राजनीतिक दलका नेताले अभिभावकत्व ग्रहण गरेका कतिपय विद्यार्थ
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता थप बढाएकी छन् ।
उनले एमालेका विजय सुवेदीलाई एक हजारभन्दा बढी मतले पछि पारेकी छन् ।
चालु आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब ५५ करोडको सामान आयात हुँदा पेट्रोलियम पदार्थ मात्र २ खर्ब १८ अर्ब ३५ करोडको भित्रियो । यो कुल आयातको १४.८८ प्रतिशत हो । भन्सार विभागको तथ्यांकअनुसार आयात हुने वस्तुमध्ये पहिलो नम्बरमै पेट्रोलियम पदार्थ पर्छ । इन्धनकै कारण व्यापार घाटा उच्चदरले बढ्न थालेपछि सरकारले विद्युत् खपत बढाउने र खाना पकाउने ग्यासको विकल्प इन्डक्सन चुलोको प्रयोग बढाउने नीति लिइरहँदा इन्धन आयात भने हरेक वर्ष बढिरहेको छ ।
आगामी आर्थिक वर्ष २०७९/०८० को शिक्षाको बजेटमा नयाँ कार्यक्रम थपिने भएका छन्। मन्त्रालयले तयार गरी अर्थ मन्त्रालयमा पेस गरेको बजेटमा शिक्षक अस्पतालका साथै सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ।हाल सञ्चालनमा रहेको मेडिकल कलेजलाई व्यवस्थित गर्न नसकेको मन्त्रालयले सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रस्ताव गरेको छ। मन्त्रालयले तयार गरेको बजेटमा भरतपुरमा शिक्षक अस्पताल निर्माण गर्न पूर्वाधार अध्ययन शीर्षकमा करिब १ करोडभन्दा बढी रकम छुट्टाइएको छ। जेठ १५ गते सार्वजनिक हुने बजेटमा मन्त्रालयले अध
पोखरा महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मेयर पदमा आफ्नो अग्रता कायम राखेका छन् । ३१ हजार मत गन्दा धनराजले १२ हजार ९४५ मत सहित अग्रता बनाउन सफल भएका हुन् । गठबन्धनबाटै उपप्रमुखमा उम्मेदवार रहेकी कोपिला रानाभाटले १३ हजार २३३ मत ल्याएकी छन् ।उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापा र मञ्जुदेवी गुरुङ्गले क्रमश: ११ हजार १५० र १२ हजार ७२८ मत ल्याएका छन् । पोखरामा लौरो चुनाव चिन्ह लिएर उठेका उम्मेदवार भने ७३६ मत
देशभरका ७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकिएको छ । बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १८५ पालिका जितेर कांग्रेस पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८२ स्थान जितेको छ ।