विश्व बजारमा बढ्यो गहुँ र मकैको भाउ, कारण यस्तो छ

वाशिङटन डीसी (अमेरिका) । विश्व बजारमा गहुँ र मकैको भाउ बढेको छ । रुसको आक्रमणका कारण दक्षिण युक्रेनमा मुख्य बाँध भत्किएपछि विश्व बजारमा गहुँ र मकै पनि महँगो बनेको हो । बाँध भत्किएसँगै अफ्रिका, मध्यपूर्व र एशियाका केही क्षेत्रमा खाद्यान्न ढुवानी गर्न सक्ने युक्रेनको क्षमता कमजोर हुने भयबीच भाउ बढेको हो । सिकागो मर्कन्टाइल एक्सचेञ्जमा मंगलवार गहुँको मूल्य प्रतिबशेल २ दशमलव ४ प्रतिशतले बढेर ६ डलर ३९ सेन्टमा पुगेको थियो । मकैको भाउ पनि प्रतिबशेल १ प्रतिशतभन्दा धेरै बढेर ६ डलर शून्य ४ सेन्टमा पुगेको थियो । जौंको भाउ पनि शून्य दशमलव ७३ प्रतिशतले बढेर ३ डलर ४६ सेन्ट कायम भयो ।  रुस नियन्त्रित क्षेत्रस्थित काखोभ्का ड्याम भत्किएको थियो भने जलविद्युत् परियोजना क्षतिग्रस्त बनेपछि युक्रेनको गहुँ, जौं, मकै र सूर्यमुखी तेल निर्यातमा अवरोध हुने भय बढेको छ । युक्रेनी युद्ध मत्थर हुने भन्दा पनि झन बल्झिरहेको छ । यस्तोमा हरेक घटनाप्रति खाद्य बजारमा प्रतिक्रिया देखिने गरेको छ । युक्रेन र रुस दुवै विश्वका मुख्य कृषिजन्य उपज आपूर्तिकर्ता हुन् । संयुक्त राष्ट्र संघ र टर्कीको पहलमा रुस र युक्रेनबीच गएको वर्ष खाद्यान्न निर्यात सम्झौता भएको थियो । रुसले बारम्बार सो सम्झौताबाट बाहिरिने धम्की दिँदै आएको छ । गएको वर्ष छोटो अवधिका लागि रुसले सम्झौताबाट हात पनि झिकेको थियो ।  रुसले गएको वर्ष शुरुतिर युक्रेनमाथि आक्रमण गरेलगत्तै कृष्ण सागर भएर हुने अन्न निर्यात प्रभावित हुँदा विश्व बजारमा गहुँ लगायत अन्नको भाउ कीर्तिमानी उच्च स्तरमा बढेको थियो । विस्तारै अन्नको भाउ सस्तो बनेको भए पनि बजारमा भने महँगी यथावत् नै छ । बाँध भत्किनुले विश्वको खाद्य बजारमा महँगीको जोखिम यथावत् नै छ भन्ने स्मरण गराएको विश्लेषकहरू बताइरहेका छन् । एजेन्सी

सम्बन्धित सामग्री

विश्व कप सिन्ड्रोम

विश्व कपको कारण हुने बजारको बहुलठ्ठीपना तत्काल बिलाइहाल्ने देखिँदैन। यसको कारण फुटबलप्रेमीहरू आफूले जुनसुकै टोलीलाई समर्थन गरे पनि र टोलीहरू जतिसुकै सफल भए पनि दीर्घकालमा उनीहरू सबै अवश्यमेव पराजित हुनेछन् भन्ने निर्विवाद तथ्य मान्न कहिल्यै तयार हुँदैनन्।...

विश्व बैंकका लागि नयाँ अवसर

विद्यमान नीतिगत संकटले विश्व आर्थिक मन्दीतर्फ उन्मुख छ। खाद्यवस्तु र ऊर्जाको मूल्यमा भएको बढोत्तरी, महामारी तथा जलवायु परिवर्तन यसका लागि प्रमुख कारण देखिएका छन्।...

हैटीमा हैजाका कारण ज्यान गुमाउनेको संख्या बढ्न सक्ने : विश्व स्वास्थ्य संगठन

हैटीमा हैजाको प्रकोपका कारण ज्यान गुमाउनेको संख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो पटक हैटीमा हैजाबाट ७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको थियो । तर यो भन्दा धेरैले ज्यान गुमाएका हुन सक्ने र हैजा पुनः महामारीका रुपमा आउने सक्ने डब्लूएचओले चेतावनी दिएको छ । झण्डै तीन वर्ष अघि हैटीमा हैजाको महामारी फैलिएको थियो । हैटीमा नाकाबन्दी, इन्धनको अभाव, विरोध प्रदर्शन र लुटपाटका कारण अवस्था थप बिग्रिएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले हैजा तथा अर...

कोरोनाका कारण १ कराेड ५० लाख जनाकाे ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनको अनुमान

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना महामारीका कारण अहिलेसम्म विश्वमा झन्डै १५ मिलियन अर्थात् एक कराेड ५० लाख जनाकाे ज्यान गएको हुन सक्ने अनुमान गरेको छ । यो तथ्याङ्क दुई वर्षमा कोरोनाका कारण ज्यान गुमाएकाको तुलनामा १३ प्रतिशतभन्दा धेरै  हो । कतिपय देशमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्याभन्दा निकै कम गणना भएको हुन सक्ने सङ्गठनले जनाएको छ । अहिलेसम्म दुई वर्षमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५४ लाख जना मात्र रहेको आधिकारिक तथ्याङ्क रहेको छ । डब्लूएचओले भारतमा मात्रै कोरोनाका कारण ४७ लाख जन...

विश्व नम्बर एक गल्फर जोन राहमले कोभिडका कारण ओलम्पिक गुमाए

१० साउन, काठमाडौं । विश्व नम्बर एक गल्फ खेलाडी जोन राहमले कोभिड–१९ का कारण ओलम्पिक गुमाएका छन् । स्पेनिस गल्फर राहमले जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० गुमाएका हुन् । स्पेनिस ओलम्पिक कमिटीले पुरुष नम्बर वान खेलाडी राहमले कोरोना भाइरसको संक्रमण देखिएपछि ओलम्पिक गुमाएको पुष्टि गरेको छ ।

विश्व नम्बर बार्टीले चोटका कारण फ्रेन्च ओपन छाडिन्

एजेन्सी। विश्व नम्बर एक एश्लेग बार्टीले चोटका कारण फ्रेन्च ओपन छाडेकी छन्। बिहीबार माग्दा लिनेटविरुद्ध खेल्ने क्रममा बार्टीको पिठ्युँमा चोट लागेको थियो। २०१९ को उपाधि विजेता बार्टीले पहिलो सेट १–६ ले हारेकी थिइन् भने दोस्रो २–२ मा चलिरहेको थियो। पोल्यान्डकी लिनेट तेस्रो चरणमा प्रवेश गरेकी छिन्। दोस्रो वरियाताकी नाओमी ओसाकाले पनि फ्रेन्च आपेनबाट नाम फिर्ता लिएकी थिइन्।

एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण छैन : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध लगाइँदै आएको एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।   कोरोना भाइरसविरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शङ्का गर्नु अनावश्यक भएको सङ्गठनले शुक्रवार स्पष्ट पारेको हो । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली देशले एस्ट्राजेनेका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य सङ्गठनले स्पष्ट परेकाे हो । डब्ल्यूएचओको खोप सुझाव समितिले भर्खरै पनि एस्ट्राजेनेका खोप उपयोगी नै रहेको, कुनै हानिकारक...