रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्यान्न अभावकाे सङ्कट आउन थाल्याे : विश्व बैंक

विश्व बैंकले रुसले युक्रेनमा गरेको आक्रमणका कारण विश्वभर खाद्यान्न अभावकाे सङ्कट उत्पन्न हुन थालेको जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले रुस–युक्रेन युद्धका कारण धेरै देशमा खाद्यान्न सङ्कट देखिइसकेको र विश्वले गम्भीर विपत्तिको सामना गर्नुपर्ने बताउनुभएको छ । युद्ध लम्बिँदै जाँदा खाद्यान्न अभाव बढ्दै जाने र चर्को मूल्य वृद्धिका कारण करोडौँ मानिस गरिबी र न्यून पोषणको अवस्थामा पुग्ने मालपासले बताएका बीबीसीले जनाएको छ ।  विश्व बैंकले खाद्यान्नको मूल्य ३७ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेको छ । खाद्यान्न सङ्कटको अवस्थ...

सम्बन्धित सामग्री

युद्धका कारण युक्रेनको गरिबी १० गुणाले बढ्यो : विश्व बैंक

मस्को – युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाएको छ। यस वर्ष मात्रै युक्रेनको गरिबी दश गुणाले वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन्। पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय कन्ट्री डाइरेक्टर अरूप बनर्जीले यस साता ऊर्जा सुविधाहरूमा ठूलो मात्रामा रूसी आक्रमणपछि युद्धकालीन प्रणालीको प्रभावकारितालाई प्रतिबिम्बित गरेको जनाए। ‘यदि यो […]

युद्धका कारण युक्रेनको गरिबीमा १० गुणाले वृद्धि: विश्व बैंक

एजेन्सी – युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाउने यस वर्ष गरिबीमा दश गुणा वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन् । पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय कन्ट्री डाइरेक्टर अरूप बनर्जीले यस साता ऊर्जा सुविधाहरूमा ठूलो मात्रामा रूसी आक्रमणपछि युद्धकालीन प्रणालीको प्रभावकारितालाई प्रतिबिम्बित गरेको बताए । ‘यदि यो जारी […]

युक्रेनलाई विश्व बैंकद्वारा थप १ दशमलब ५ अर्ब डलर सहयोग

विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलब ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ ।  २४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ । युद्धका कारण पूर्वाधारहरु ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध  भइरहेको छ । नयाँ कोषबाट हालसम्म करिब २ अर्ब डलर निकासा भइसकेको एक विज्ञप्तिमा उल्लेख गर्दै विश्व बैंकले नयाँ वित्तीय सहयोग

२०२२ मा एशिया  र प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ % : विश्व बैंक

चैत २२, वासिङ्टन । एशिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।      कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस तथा युक्रेन युद्धका कारण सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ।     रासस/ सिन्ह्वा