युक्रेन सङ्कटका कारण विश्वभर खाद्यवस्तुकाे मूल्य वृद्धि भयाे : विश्व व्यापार सङ्गठन

विश्व व्यापार सङ्गठनका महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन सङ्कटका कारण विश्वभर खाद्यवस्तुकाे मूल्य वृद्धि भएको दाबी गर्नुभएको छ । युद्ध सुरु भएपछि निरन्तर बढिरहेको मूल्यका कारण गरिब देशहरूमा खाद्य सङ्कटसमेत हुने सम्भावना रहेको उहाँले बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।  गरिब देशहरूमा खाद्यवस्तुकाे नियमित आपूर्तिलाई लिएर चिन्ता गर्नुपर्ने बेला भएको भन्दै उहाँले खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्ने भएकोले सबै सजग हुनुपर्ने बताउनुभयो । विश्वका धेरै देशमा खाद्य सङ्कट...