एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण छैन : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध लगाइँदै आएको एस्ट्राजेनेका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।   कोरोना भाइरसविरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शङ्का गर्नु अनावश्यक भएको सङ्गठनले शुक्रवार स्पष्ट पारेको हो । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली देशले एस्ट्राजेनेका खोप लगाउने अभियान नै स्थगित गरेपछि विश्व स्वास्थ्य सङ्गठनले स्पष्ट परेकाे हो । डब्ल्यूएचओको खोप सुझाव समितिले भर्खरै पनि एस्ट्राजेनेका खोप उपयोगी नै रहेको, कुनै हानिकारक...

सम्बन्धित सामग्री

कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ : विश्व स्वास्थ्य सङ्गठन

जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ । अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ । ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । उक्त सङ्गठनले […]

अनुदान सहयोग टाइफाइडविरुद्धको खोप दिइँदै

सरकारले पहिलो पटक बालबालिका लगाइरहेको टाइफाइड विरुद्धको खोप अनुदान सहयोगमा प्राप्त गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाभी खोप सञ्जाल, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदारहरुको सहयोगमा १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्ने राष्ट्रमध्ये नेपाल चौथो मुलुक हो । यसअघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरुको सहयोग प्राप्त गरि

खोप नलगाएकाहरूका लागि ओमिक्रोन ‘खतरनाक भाइरस’ : डब्ल्यूएचओ

कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताउनुभएको छ । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे पत्रकार सम्मेलनमा यो कुरा बताउनुभएको छ । उहाँले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गर्नुभएको छ ।  डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड ...

ओमिक्रोनलाई कमजोर नआँक्न विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई कमजोर नआँक्न सचेत गराएको छ । सङक्रमण विश्वभरि फैलिएको र मानिसले ज्यान गुमाउन थालेका भन्दै डब्ल्यूएचओले ओमिक्रोनलाई कमजोर नआँक्न चेतावनी दिएको हो । पछिल्ला अध्ययनले ओमिक्रोन कोरोनाका अरु भेरियन्टभन्दा कमजोर देखाएका थिए । तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै सङ्ख्यामा मानिस सङ्क्रमित हुँदा स्वास्थ्य प्रणाली नै दबावमा परेको बताउनुभएको छ । साथै डा. टेड्रोसले गरिब देशमा खोप पुर्‍याउन यसको समुचित ...

अमेरिकाबाट कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं : अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ।कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एयरवेजको विमानबाट सोमबार बिहान काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ। अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारत र अफ्रिकामा कोभिसिल्ड खोप नक्कली भेटियो

भारतमा उत्पादन भइरहेको कोभिडविरुद्धको खोप कोभिसिल्डको नक्कली संस्करण फेला परेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिसिल्डको नक्कली संस्करण भेटेको जानकारी दिएको हो।

सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित

काठमाण्डाै – सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यो सङ्ख्या २०१९ मा खोप नपाउने बालबालिकाकाे भन्दा ३७ लाख धेरै हो भने सन् २००९ पछिको सबैभन्दा धेरै हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२० मा एक करोड ७० लाखभन्दा धेरै बालबालिकाले एउटा पनि खोप पाएका छैनन् । खोप नपाउने धेरैजसो बालबालिका द्वन्द्वबाट ग्रस्त समुदाय, दुर्गम क्षेत्र, अनौ...

अनावश्यक खोप नलगाउन विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अह्रानोम गेब्रियसस्ले खोप पाइसकेका देशका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । प्रमुख गेब्रियससले कम आय भएका देशका नागरिकलाई एक डोज पनि खोप उपलब्ध गराउन नसकेको अबस्थामा विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै थप खोप लगाउने तयारी गरेको भन्दै यस्तो आग्रह गनुभएको हो […]

एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न फेरि आह्वान गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन भनेको बीबीसीले जनाएको छ । डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको ...