विश्व बैंकका लागि नयाँ अवसर

विद्यमान नीतिगत संकटले विश्व आर्थिक मन्दीतर्फ उन्मुख छ। खाद्यवस्तु र ऊर्जाको मूल्यमा भएको बढोत्तरी, महामारी तथा जलवायु परिवर्तन यसका लागि प्रमुख कारण देखिएका छन्।...

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकको नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटन

सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसर पारेर नक्सालस्थित नवनिर्मित केन्द्रीय कार्यालय भवनको उद्घाटन गरेको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच बैंकका संस्थापक अध्यक्ष चिरञ्जी लाल अग्रवाल र वर्तमान अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रूपमा उक्त भवनको समुद्घाटन गरेका हुन् । कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू, बैंकका पूर्व सञ्चालकहरू, संस्थापक सेयरधनीहरू, बैंकको व्यवस्थापन एवम् कर्मचारी तथा […]

नक्सालमा सिद्धार्थ बैंकको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं । काठमाडौंको नक्सालमा नवनिर्मित सिद्धार्थ बैंक लिमिटेडको केन्द्रीय कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । बैंकको २०औं वार्षिकोत्सवको अवसर पारेर बैंकका संस्थापक अध्यक्ष चिरञ्जीलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरुको उपस्थिति रहेको […]

सिद्धार्थ बैंकको नयाँ केन्द्रीय कार्यालय भवन सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैकले आफनो स्थापना दिवसको अवसर पारेर नयाँ केन्द्रीय कार्यालय भवन सञ्चालनमा ल्याएको छ । बैंकका संस्थापक अध्यक्ष चिरन्जिबी अग्रवाल, बैंकका वर्तमान अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले आज संयुक्त रुपमा नक्सानलस्थित भवनको उद्घाटन गर्नुभएको हो । सन् २००२ डिसेम्बर २५ मा हात्तीसारबाट सेवा बिस्तार गरेको यस बैंकले २० बर्षको अवधिमा उल्लेख्य प्रगति जारी […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक र पोखराको महेन्द्र पुलमा रहेको ओम हस्पिटल प्रा. लिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेरे उक्त हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युूार (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवामा छुट पाउने छन् ।आकर्षक छुट प्राप्तगर्न […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेसाइड पोखरा देखि सराङ्कोट पोखरा सम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो ।  उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले केबुलकार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबा

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

नेपाल बैंकका कर्मचारी एवं ग्राहकलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक र पोखरास्थित चरक मेमोरियल अस्पताल बीच भएको सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत सम्म छुट र बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ । गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौता पत्रमा चरक मेमोरियल हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।  उक्त कार्यक्रममा हस्पिटलका संचालका समिति अध्यक्ष रामचन्द्र रेग्मीले चरक मेमोरियल हस्पिटलले गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको जानकारी गराउदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशि भएको धारणा व्यक्त गरे । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले गण्डकी प्रदेश अन्तर्गत पोखराको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल चरक मेमोरियल हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटल प्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा बिशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटल प्रति आभार समेत व्यक्त गरे । साथै उनले यस बिशेष छुट सुबिधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु र ग्राहकहरुले लाभान्वित हुने विश्वास समेत ब्यक्त गरे।

विकासका लागि जनसांख्यिक अवसर

गत असारमै नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको दाबी गरेको केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ सकिएपछि हालै यो संख्या ३ करोड नपुग्ने बतायो । सरकारी तथ्यांकका विरोधाभास र विश्वसनीयता जेजस्तो भए पनि केही विज्ञले अपेक्षाअनुसार जनसंख्या नबढ्नुलाई यतिखेर चिन्ताको विषय बनाएको देखिन्छ । विसं १० वर्षअघिको जनगणनाले नेपालका महिलाले औसत २ दशमलव १ जना सन्तान जन्माउने प्रक्षेपण गरेको थियो । यो संख्या २ मात्र रहेकाले जनसंख्या वृद्धि कम देखिएको तथ्यांक विभाग बताउँछ । जनसंख्या घटबढलाई निकै चासो र चिन्ताका रूपमा हेरिएको छ । जनगणना हुन थालेको ११० वर्ष बितिसक्दा पनि जनसंख्यालाई कसरी देशको विकास र समृद्धिमा जोड्न सकिन्छ भन्नेमा योजनाको भने अभाव खट्किएको छ । दक्ष मानव संसाधन विकासविना विकासको प्राप्ति सम्भव छैन । यसका निम्ति गुणस्तरीय स्वास्थ्य, शिक्षा, पोषण र सामाजिक सुरक्षामा लगानी अभिवृद्धिको खाँचो छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् १९८० मा नेपालको प्रजनन दर ५ दशमलव ७२ प्रतिशत रहेकोमा सन् २०२१ सम्म आइपुग्दा यो १ दशमलव ८५ मा झरेको छ । जनसंख्याको उमेर संरचनाको लाभ दिने अवसर भनेको यही हो भन्नेमा खासै चासो देखिएको छैन । जनसांख्यिक अवसरको उच्चतम बिन्दुमा रहेको नेपालका लागि प्रजनन दर कम हुनु जनशक्तिको लाभ लिने अवसर पनि हो । यसलाई कसरी उपयोग गर्ने ? महिला, बालबालिका तथा युवाको शिक्षा, स्वास्थ्य र शीप विकासमा पर्याप्त लगानी यसको प्राथमिक शर्त हो । सुशासनको प्रत्याभूति, लगानी अभिवृद्धि र व्यापक रोजगारीका अवसरहरूको सृजना नभई हुँदैन । यसका निम्ति रणनीतिक योजना बनाउन ढिला भइसकेको छ । देशको जनसंख्यालाई मानव पूँजीका रूपमा उपयोग गर्न स्पष्ट नीतिको अभावमा हाम्रो अधिकांश ऊर्जाशील युवा शक्ति विदेशमा अदक्ष कामदारको रूपमा पसिना बगाइराखेको छ । हामी भने जनसंख्या नबढेको चिन्तामात्र प्रकट गरिराखेका छौं । आजको विश्वले मानव पूँजी निर्माणलाई विकास लक्ष्य प्राप्तिको मुख्य उपाय मानेको छ । अहिले विकासको उदाहरण पेश गरिराखेका अधिकांश देशले मानव पूँजीको अधिकतम उपयोग गरिसकेका छन् । दक्ष मानव संसाधन विकासविना विकासको प्राप्ति सम्भव छैन । यसका निम्ति गुणस्तरीय स्वास्थ्य, शिक्षा, पोषण र सामाजिक सुरक्षामा लगानी अभिवृद्धिको खाँचो छ । विश्व बैंकको वार्षिक सम्मेलन २०१८ ले दिगो विकासको लक्ष्य प्राप्तिका लागि मानव पूँजी निर्माणलाई प्रमुख एजेन्डाका रूपमा पारित गरेको थियो । दक्ष जनशक्ति निर्माणका लागि प्रत्येक आमा र बालबालिकालाई उचित स्वास्थ्य हेरचाह र शिक्षाको उपलब्धतालाई प्रारम्भिक शर्त मानिएको छ । हामीकहाँ विगत ५ वर्षयता यस्ता क्षेत्रमा राज्यको लगानी निरन्तर घटेको देखिन्छ । नेपाल अहिले आर्थिक रूपमा सक्रिय उमेर समूह (१६ देखि ६४ वर्ष) को उत्कर्षमा छ । विश्वका उन्नत मानिएका अर्थतन्त्रले यो अवसरलाई उपयोग गरेर विश्वमै विकासको उदाहरण देखाएका छन् । जनसांख्यिक लाभांशको यस्तो मौका बारम्बर दोहोरिँदैन । फ्रान्स, स्वीडेन, बेलायत, जर्मनीजस्ता देशले यो अवसरको उपयोग गरिसकेका छन् । अमेरिका र उत्तर छिमेकी चीन जनसांख्यिक लाभ लिने देशको सूचीमा पर्छन् । चीनले विश्व बजारमा प्रतिस्पर्धाको आधार तयार पार्न आप्mना १ लाख मानिसलाई अंग्रेजी भाषा सिक्न बाहिरी देशमा पठाएको थियो । हामी भने अरू देशको भाषा नेपालमा सिकाएर जनशक्ति बाहिर पठाउने प्रतिस्पर्धामा छौं । स्वदेशका सबैजसो क्षेत्रले दक्ष जनशक्ति अभावको सामना गरिराखेको छ । जुन देशले जनसांख्यिक लाभको मौकालाई विकासमा जोड्न सके ती देश आज समृद्धिको नमूनाको रूपमा स्थापित छन् । तीमध्ये अधिकांश एशियाली देश छन् । जनशक्ति र विकास सम्भाव्यताका हिसाबले २१औ शताब्दीलाई एशियाकेन्द्रित विकासको युग यसै मानिएको होइन । जनसांख्यिक लाभ लिनेमा पूर्वी एशियाली देश सबैभन्दा अगाडि देखिएका छन् । दक्षिण पूर्वी र दक्षिण एशिया यो अवसर उपयोगमा गति लिने तर्खरमा छ । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र जापान जनसांख्यिक अवसर उपयोगको सफल उदाहरण हो । यो देश जनसांख्यिक अवसरको बलमा सन् १९८० को दशकयता विकासको तीव्र दौडमा अघि बढेको हो । विश्व बैंकको अध्ययनअनुसार अब जापानमा सक्रिय जनसंख्या घट्दो क्रममा गइसकेको छ । दक्षिण कोरियाले अब ५ वर्षमात्रै यो अवसर पाउनेछ । दक्षिण कोरिया जनशक्ति उपयोगमार्पmत उदाहरणीय विकास गरेको देश हो । सिंगापुर, मलेसिया, थाइल्यान्ड र हङकङजस्ता देश यसको भरपूर दोहन गरेर समृद्धिको शिखरतर्पm अघि बढेका छन् । यी देशको विकास डोकोमा दूध दोएर सम्भव भएको होइन । जनसांख्यिक अवसर उपयोगका निम्ति मानव पूँजी निर्माण र उपभोगमा रणीतिक योजना र त्यसको प्रभावकारी कार्यान्वयनको बलमा मात्रै यो सफलता हात लागेको हो । मानव पूँजी सूचाकांकको सूचीमा पनि यी देश अग्रस्थानमा उभिएका छन् । विश्व बैंकले सन् २०२० मा सार्वजनकि गरेको मानव पूँजी विकास सूचकांकमा सिंगापुर, हङकङ र जापानले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान बनाउँदा दक्षिण कोरियो चौथोमा छ । नेपाल यो सूचकमा १०९औं स्थानमा छ । आज हामी विकासे बहसहरूमा तिनै देशको उदाहरण पेश गर्छाैं । यी देशले विकासको उचाइ कसरी छोए भन्ने अनुसरण त परको कुरा हेक्का पनि राख्दैनौं । सब सहारन अफ्रिकी देश यो अवसर उपयोगमा निकै पछाडि छन् । जुन देशले यो लाभ प्राप्तिमा आवश्यक नीति अपनाएका छैनन्, त्यहाँको जनजीवन चरम गरीबीमा बाँचेको छ । विश्व बैंकका अनुसार विश्वका ७ अर्ब ३६ करोड निरपेक्ष गरीबमध्ये ८५ प्रतिशतको बसोबास सबसहारन अफ्रिका, दक्षिण एशियामा र द्वन्द्वप्रभावित देशमा छ । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार नेपालको जनसांख्यिक लाभको अवस्था सन् १९९२ बाटै शुरू भएको हो । सन् २०४७ सम्म यो अवस्था कायम रहनेछ । त्यसपछि आश्रित जनसंख्या बढ्नेछ । यस आधारमा नेपालको जनसांख्यिक लाभको २६ वर्ष बितिसकेको छ । अब त्यति नै समय बाँकी छ । २००१ ताका यो लाभको उच्च अवसरमा थियो । त्यसैबला देशमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । अधिकांश युवा कामको खोजीमा बाहिरने बाध्यता बन्यो । अवसरको उपयोग सरकारको प्राथमिकतामा पर्न सकेन । अहिले पनि राजनीतिक संक्रमण समाधान भएर विकासले गति लिने अपेक्षामाथि राजनीतिक विग्रह हावी भइरहेकै छ । बितेको १ दशकमा प्रत्येक वर्ष सक्रिय जनसंख्या बढेको देखिन्छ । सन् २०११ मा १५ वर्षदेखि ६४ वर्षसम्मको जनशक्ति ५९ दशमलव ०४ प्रतिशत रहेकोमा सन् २०२१ मा यो संख्या ६६ प्रतिशत पुगेको अध्ययनले देखाएको छ । अहिले नेपालको युवा जनशक्ति स्वदेशको विकासका लागि होइन, अन्य देशको निर्माणमा श्रम खर्चिइरहेको छ । वैदेशिक रोजगारीबाट आएको विप्रेषणको अधिकांश रकम उपभोगमा खर्च भएर तिनै देशतर्फ गएको छ । जनसंख्या केवल संख्यामात्र होइन । यो विकास र समृद्धिको स्रोत हो । जनसंख्यालाई विकासको आधार स्तम्भमा रूपान्तरण गरिनुपर्छ । सरकारले विकासका आकर्षक योजना ल्याउँछ । विकासको २५ वर्षे दीर्घकालीन योजना सार्वजनिक भएकै २ वर्ष बितिसकेको छ । यो २५ वर्षभित्र विकासको लक्ष्य फेला पार्न कस्तो खालको जनशक्ति कति चाहिन्छ ? त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ कुनै स्पष्ट नीति देख्न पाइएको छैन । विकासका योजना बनाएरमात्र हुँदैन । त्यसका लागि कति र कस्तो जनशक्ति चाहिने हो ? त्यसको प्रक्षेपण र आवश्यकताअनुसार जनशक्ति तयारीको रणनीतिक योजनाको खाँचो छ ।

११औँ वार्षिकोत्सवमा सिभिल बैंकका विभिन्न सुविधा

सिभिल बैंकले ११औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवा सुरुवात गरेको छ । बैंकले प्रधान कार्यालयमा प्रायोरिटी बैंकिङ सेवाको उद्घाटन तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिङ ‘एक घन्टी झ्याप्प...

वाणिज्य बैंकमा वरिष्ठ प्रबन्धकसहित ८ सय बढीलाई जागिरको अवसर (विज्ञापनसहित)

काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ । आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो । अनलाइन आवेदन भोलि (सोमबार) देखि भर्न सकिन्छ । २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा […]

सांग्रिला बैंकका शाखामार्फत वित्तीय साक्षरता

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले १७ औं वार्षिकोत्सव अवसर पारेर देशभर साताव्यापी कार्यक्रम सार्वजनिक गरेअनुसार कात्तिक ९ गते ९८ शाखाबाट एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न शाखा कार्यालयले देशभरका विभिन्न स्कुल, कलेज, सामुदायिक संघ–संस्थामा आबद्ध विभिन्न व्यक्तिलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ । बचतको महत्व सिकाउने, बैंकिङ कारोबारसम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैंकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणालीमार्फत आर्थिक कारोबार गर्न सन्देश प्रवाहलगायत बैंकिङ सेवासम्बन्धी जनचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका देशभर रहेका ९८ शाखा कार्यालयबाट करिब साढ  ६ हजारले उक्त कार्यक्रममा भाग लिएका थिए ।