कोरोनाका कारण १ कराेड ५० लाख जनाकाे ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनको अनुमान

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना महामारीका कारण अहिलेसम्म विश्वमा झन्डै १५ मिलियन अर्थात् एक कराेड ५० लाख जनाकाे ज्यान गएको हुन सक्ने अनुमान गरेको छ । यो तथ्याङ्क दुई वर्षमा कोरोनाका कारण ज्यान गुमाएकाको तुलनामा १३ प्रतिशतभन्दा धेरै  हो । कतिपय देशमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्याभन्दा निकै कम गणना भएको हुन सक्ने सङ्गठनले जनाएको छ । अहिलेसम्म दुई वर्षमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५४ लाख जना मात्र रहेको आधिकारिक तथ्याङ्क रहेको छ । डब्लूएचओले भारतमा मात्रै कोरोनाका कारण ४७ लाख जन...

सम्बन्धित सामग्री

अमेरिकामा दैनिक ४ सयको मृत्यु, तर बाइडेनले भने – कोरोना महामारी समाप्त भयो

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् । जबकि कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाइडेनले भने, 'हामी अझै समस्यामा छौँ, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।’ केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले पनि ‘कोरोना महामारीको अन्त्य नजिक देखिएको’ बताएका थिए। सीबीएस न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जो बाइडेनले अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै ‘धेरै काम’ गरिरहेको जानकारी दिए ।अगस्टमा अम

रुस–युक्रेन द्वन्द्व र कोरोनाका कारण मानसिक असर देखियो: विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ।

डेनमार्कमा कोरोनाका कारण लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि डेनमार्कमा लगाइएका सबै प्रतिबन्ध आजबाट हटेको छ । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले डेनमार्क कोरोनाको छायाँबाट बाहिर निस्केको बताउँदै मुलुकमा लगाइएको सबै प्रतिबन्ध हटाई देशलाई नयाँ मोडमा लैजाने बताउनु भएको छ । अब विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त ९ खोपमध्ये जुनसुकै खोप लगाएका मानिसहरू डेनमार्क प्रवेश गर्न पाउने भएका छन् […]

कोरोनाका कारण युरोपमा थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणका कारण युरोप र एसियाका केही क्षेत्रमा मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। हाल युरोपमा कोभिड १९ संक्रमणको जोखिम फेरि बढ्दै गएको छ। केही राष्ट्रहरुले संक्रमण बढेपछि फेरि लकडाउन सहितको प्रतिबन्धहरु लागू गरेका छन्। ती प्रतिबन्धहरुको विरोधमा विभिन्न शहरहरुमा…

कोरोनाका कारण विश्वभर २ करोड ३० लाख बालबालिका नियमित खोपबाट वञ्चित

विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा प्रकाशित तथ्यांक अनुसार सन् २०२० मा विश्वभर कोरोना संक्रमणका कारण २ करोड ३० लाख बालबालिकाले नियमित खोप पाउनबाट वञ्चित भएका हुन्।

कोरोनाका कारण १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्यु : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमणका कारण १ लाख १५ हजार स्वास्थ्यकर्मीको ज्यान गएको बताएको छ । नियमित मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य सङ्गठन प्रमुख डा. टेड्रोस अधानोमले १८ महिनादेखि कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिरहेका विश्वभर १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्यु भएको बताए  । सङ्क्रमितको पहिचान, उपचार नियन्त्रण र व्यवस्थापनमा खटिएका मध्ये हाल १० लाख कोरोना सङ्क्रमित रहेको समेत उनले बताए । २०२१ लाई  स्वास्थ्य तथा स्याहारकर्मीको अन्तर्रा

संक्रमित र मृत्युको सही आँकडा बताउन भारतलाई डब्ल्यूएचओको आग्रह

एजेन्सी। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतलाई संक्रमित र मृत्यु हुनेको सही आँकडा सार्वजनिक गर्न विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)की मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनले आग्रह गरेकी छन्। डब्ल्यूएचओले भारतको कोरोना अवस्थालाई ‘चिन्ताजनक’ बताएको छ। स्वामिनाथनले अगस्टसम्ममा भारतमा कोरोनाका कारण हुने मृत्यु १० लाख पुग्न सक्ने चेतावनी दिएकी छन्। उनले भनिन्, ‘‘यो आँकडा उपलब्ध तथ्यांकका आधारमा अडेको छ।

चीनमा कोरोनाका कारण ८ महिनापछि पहिलो मृत्यु

चीनमा कोभिड–१९ बाट आठ महिनापछि पहिलोपटक मानिसको ज्यान गएको जानकारी चीनले बिहीवार दिएको छ ।  त्यहाँ कोरोनाका केसहरू फेरि देखिन थालेपछि कठोर लकडाउन लगाइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठनको एक विशेषज्ञ टोली चीनमा कोरोनाको उद्गम पत्ता लगाउन पुगेको छ ।  देशको उत्तरी भागमा दुई करोडभन्दा बढी मानिस लकडाउनमा बसिरहेका छन् र एक प्रान्तले संकटकाल घोषणा गरेको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।  चीनले कठोर लकडाउन तथा व्यापक परीक्षणमार्फत महामारीलाई नियन्त्रण गरेको थियो । तर बिहीवार...