विश्व नम्बर बार्टीले चोटका कारण फ्रेन्च ओपन छाडिन्

एजेन्सी। विश्व नम्बर एक एश्लेग बार्टीले चोटका कारण फ्रेन्च ओपन छाडेकी छन्। बिहीबार माग्दा लिनेटविरुद्ध खेल्ने क्रममा बार्टीको पिठ्युँमा चोट लागेको थियो। २०१९ को उपाधि विजेता बार्टीले पहिलो सेट १–६ ले हारेकी थिइन् भने दोस्रो २–२ मा चलिरहेको थियो। पोल्यान्डकी लिनेट तेस्रो चरणमा प्रवेश गरेकी छिन्। दोस्रो वरियाताकी नाओमी ओसाकाले पनि फ्रेन्च आपेनबाट नाम फिर्ता लिएकी थिइन्।

सम्बन्धित सामग्री

कार्लोस अल्काराज र नोभाक जोकोभिच सेमिफाइनलमा भिड्ने

विश्व नम्बर एक कार्लोस अल्काराज र तेस्रो वरीयताका नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतिस्पर्धात्मक खेलमा २० वर्षीय स्पेनिस अल्काराजले पाँचौँ वरीयताका ग्रिक खेलाडी स्टेफानोस सितसिपासलाई ६-२, ६-१, ७-६ (७-५) को सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेका हुन्। सर्वियन जोकोभिचले भने करिन खान्चानोभलाई ४-६, ७-६ (७-०), ६-२ र ६-४ ले पराजित […]

इगाले जितिन् फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौ‌ :  फ्रेन्च ओपन टेनिस महिला तर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छन्। फ्रान्सको पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई सोझो सेटमा हराउँदै पोल्याण्डकी इगाले उपाधि हात पारेकी हुन्।  उनले १८ औं वरियताकी कोकोलाई ६–१ र ६–३ ले हराइन्। इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन्। यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन्। २१ वर्षिया इगाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो।पुरुषतर्फको उपाधिका लागि राफायल नाडाल र क्यास्पर रुड भिड्ने छन्।

जोकोभिकलाई हराउँदै नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

पाँचौँ वरीयताका स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा गएराति भएको खेलमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई हराउँदै नाडाल अन्तिम चारमा पुगेका हुन् । कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले सर्बियन जोकोभिचलाई ६–२, ४–६, ६–२ र ७–६ को सेटमा हराए । अब नाडालले सेमिफाइनलमा तेस्रो वरीयताका एलेसान्डर ज्वेभरेभसँग खेल्ने छन् । जर्मनीका ज्वेभरेभले स्पेनका कार्लोसलाई हराएका थिए । नाडालले यसअघि १३औँ पटक फ्रेन्च ओपन जितिसकेका छन् । तस्बिर : ए...

मारिन चिलिचसँग पराजित हुँदै डानिल मेद्भेदेभ फ्रेन्च ओपन टेनिसबाट बाहिरिए

काठमाडौँ- विश्व वरीयतामा दोस्रो स्थानमा रहेका डानिल मेद्भेदेभ फ्रेन्च ओपन टेनिसबाट बाहिरिएका छन् । रुसका २६ वर्षीय मेद्भेदेभ क्रोयसियन खेलाडी मारिन चिलिचसँग सोझो सेटमा पराजित हुँदै फ्रेन्च ओपनबाट बाहिरिएका हुन् । वर्षको दोस्रो ग्रान्डस्लाममा ३३ वर्षीय चिलिचले मेद्भेदेभलाई ६–२ ६–३ ६–२ को सेटमा हराए । मेद्भेदेभ र चिलिचबीचको खेल एक घन्टा ४५ मिनेटमा सकिएको थियो […]

विश्व नम्बर एक बार्टी पहिलो पटक विम्बल्डनको फाइनलमा

एजेन्सी। विश्व नम्बर एक टेनिस खेलाडी अष्ट्रेलियाकी एश बार्टीले पहिलो पटक विम्बल्डन टेनिसको फाइनलमा पुगेकी छिन्। २५ वर्षिया बार्टीले पूर्व विजेता जर्मनीकी एन्जेलिक केरबेरलाई ६–३, ७–६(७÷३) को सेटमा हराउँदै फाइनलमा स्थान बनाएकी हुन्। २०१९ को फ्रेन्च ओपन विजेता बार्टीले अब उपाधिका लागि दोस्रो वरियता प्राप्त आर्यना साबलेन्का र आठौं वरियता प्राप्त क्यारोलिना प्लिसकोभाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्।

नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा

स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । पेरिसमा शनिवार राति भएको खेलमा बेलायतका क्यामरुन नोरीलाई हराएर नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् । विश्व नम्बर तीन समेत रहेका नाडालले नोरीलाई ६-३,६-३ र ६-३ ले पराजित गरे । १३ पटकको च्याम्पियन नाडालले अब इटालीका जानिक सिन्नरसँग खेल्नेछन् । महिलातर्फ साविक विजेता समेत रहेकी पोल्याण्डकी इगा स्विटेकले अन्तिम १६ मा स्थान बनाएकी छिन् । स्विटेकले एनिट कोन्टाभिटलाई ७-६(७-४) र ६-० ले पराजित गरिन् ।

नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

काठमाडौं। विश्व नम्बर तीन राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। २१ औं ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेका स्पेनी नाडालले पहिलो चरणको खेलमा अस्ट्रेलियन एलेक्सी पोपिरिनलाई ६–३, ६–२ र ७–६ (७–३) ले पराजित गरेका हुन्। उनले अर्को चरणमा रिचार्ड गारेस्कासँग प्रतिस्पर्धा गर्नेछन्।

११ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते नाडलले

फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस राफेल नाडलले जितेका छन् । फ्रान्सको पेरिसमा भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३–० को सोझो सेटमा हराउँदै विश्व नम्बर एक नाडलले करियरको १७ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।  नाडलको यो ११ औं फ्रेन्च ओपन उपाधि हो । पहिलो पटक मुख्य उपाधिको फाइनल खेलेका थिइमलाई नाडलले ६&nd...