एजेन्सी, २० जेठ । भारतको जम्मु-काश्मिरमा हिन्दू समुदायमाथि आतंकवादी हमला हुन थालेको छ । बितेका केही दिनमा हत्याका घटनाहरु हुन थालेका छन् । यसै हप्ता एकजना शिक्षक र बैकका म्यानेजरको गोली हानी हत्या भएको छ । बाटो र कार्यालयमै हत्या भएको हो । ३६ वर्षीय शिक्षक रजनी बालाको जम्मु क्षेत्रको साम्बामा हत्या भएको हो । […]