जम्मू एयर फोर्स स्टेशनमा भएको बिस्फोट आतंकवादी हमला

बीबीसी। भारतको जम्मु एयर फोर्स स्टेशनमा आज भएको बिस्फोट आतंकवादी आक्रमण भएको पुष्टि भएको छ। जम्मु कश्मीरका डीजीपी दिलबाग सिंहले उक्त बिस्फोट आतंकवादी आक्रमण भएको बताए। प्रहरी र भारतीय सेनाले अहिले घटनाको थप अनुसन्धान गरिरहेको उनले जनाए। एयर फोर्स स्टेशनमा ड्रोनमार्फत आक्रमण गरिएको थियो। बिस्फोट हुँदा केही घरमा क्षति पुगेको जनाइएको छ। पीटीआईकाअनुसार घटनामा दुईजना वायु सैनिक घाइते भएका छन्।

सम्बन्धित सामग्री

दूताबास नजिक बिस्फोटपछि इजरायलले जारी गर्यो ट्राभल एडभाइजरी

भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक विष्फोट भएको छ । इजरायलले सो बिस्फोट आतंकवादी हमला हुनसक्ने आशंका व्यक्त गरेको छ । बिस्फोटपछि इजरायली राष्ट्रिय सुरक्षा परिषदले भारतमा रहेका आफ्ना नागरिकहरुलाई सचेत रहन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । इजरायली राष्ट्रिय सुरक्षा परिषदले आफ्ना नागरिकहरुलाई भीडभाड हुने ठाउँमा नजान तथा रेष्टुरेन्ट, होटल, पब, सपिङ …