अमेरिकाले उत्तरी सिरियामा बिहीवार राति गरेको कारवाहीमा परी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का नेता मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अबु इब्राहिम अल हाशमी अल कुरैशी नामक आतंकवादी लुकेको घरमा अमेरिकी सेनाका विशेष बलहरूले घेराबन्दी गरेपछि कुरैशीले आत्मघाती बम विस्फोट गरेर आफू र परिवारलाई मारेका थिए । त्यसअघि गोली हानाहान समेत भएको थियो ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकी सेनाको कारवाहीको जानकारी दिएका हुन् ।
कुरैशीको मृत्युपछि संसारलाई तेर्सिएको प्रमुख आतंकवादी जो...