काठमाडौं : कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो।कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० स्थित तीनमुखे देखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणका लागि बिनियोजन गरिएको बजेट अनियमितता गरेका हुन्।छायाना