खेलकुद मैदान स्तरोन्नति गर्न घुस लिएका प्रअविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं : घुस प्रकरणमा पक्राउ परेका महोत्तरीका एक प्रधानाध्यापकसहित दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरको छ।आयोगले श्री माध्यमिक विद्यालय एकडाराका प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।मण्डल र पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नतिको क्रममा अवरोध गरी विभिन्न बहानामा सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत जेठ १९ गते पक्राउ परेका थिए। उन