काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित सेफ नेपालका अध्यक्ष रामनरेश राय यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।नक्कली बिल भरपाई बनाएर १ लाख ७२ हजार २४० रूपैयाँ सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना गरेको भन्दै आयोगले अध्यक्ष यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनले संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रमअन्तर्गत गढीमाई नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरेर कार्यादेश एवं अनुदानसमेत