नगरपालिकाका मेयरसहित २१ जनप्रतिनिधिविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

काठमाडौं : रौतहटको फतुवा विजयपुर नगरपालिका प्रमुख गोपाल राय यादवसहित जनप्रतिनिधि र कर्मचारी गरी २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनप्रतिनिधि र तीन जना प्रमुख प्रशासकीय अधिकृतहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।फतुवा विजयपुरका तत्कालीन तथा वर्तमान नगरप्रमुख राययादव, तत्कालीन उपप्रमुख कान्तीदेवी, तत्कालीन वडाध्यक्षहरु वडा नं १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, २ का भविछन राय यादव, ३ का दिपनारायण साह,

सम्बन्धित सामग्री

थपलियाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

काठमाडौं (अस) । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धव थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ करोड बढी सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ । आयोगले हाल अवकाशप्राप्त थपलियाले ३५ वर्षे सेवा अवधिमा उक्त रकम गैरकानूनी रूपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत ३० सम्ममा सृजित सम्पत्ति एवं खर्च तथा लगानीहरूमा गरिएको कुल खर्च र सोही अवधिको आयव्यय प्रवाहको विवरणअनुसार जाँच अवधिमा १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँको स्रोत खुलेको छ । यहीअनुसार उनले सृजना गरेका सम्पत्ति एवं खर्च तथा लगानी २ करोड ६७ लाख ७१ हजार ९ सय ५८ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ । यसमध्ये १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँको आर्जन स्रोत पुष्टि नभएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उनीविरुद्ध सोही स्रोत नखुलेको सम्पत्ति बिगो भराउन माग गरिएको आयोगले जनाएको छ । आयोगले उनको नाममा भएका घरजग्गा तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६ ग, दफा २९ को उपदफा १ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियारसम्बन्धी ऐन २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने मागदाबी गरिएको छ । यसबाहेक उनकी श्रीमती मुना पन्त थपलियासमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न मागदाबी गरिएको आयोगले जनाएको छ ।

डीएफओसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेजिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन डीएफओसहित १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सेतीदेवी वनका हरिया साल र अस्ना जातका रुखहरु काटेर विक्री गरेको ...

https://www.onlinekhabar.com/2020/01/827986

२७ पुस, काठमाडौं । सेतीदेवी वनका हरिया साल र अस्ना जातका रुखहरु काटेर विक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन डीएफओसहित १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको छ । जिल्ला वन कार्यालय मकवानपुरका …