तत्कालीन गाविस सचिवमाथि भ्रष्टाचारको मुद्दा, ७ लाख ५१ हजार हिनामिनाको आरोप

काठमाडौं : सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। उनीमाथि ७ लाख ५१ हजार बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। गाविसमा विभिन्न योजना कार्यन्वयन एवम् सेवा प्रवाहमा अनियमितता गरेको उजुरीमाथि अनुसन्धान गर्दा झाले विभिन्न सात लाख ५१ हजार रुपैंया विभिन्न व्यक्तिको नाममा निकालेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अख्तियारले झा विरुद्