काठमाडौँ – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी पोजेटिभ देखिएको छ। संक्रमणपछि सावित्राले सोमबारको खेल गुमाउने भएकी छन्। नेपाली महिला टिमकी व्यवस्थापक बिन्द्रा देवानले सावित्रालाई डेंगी पोजेटिभ देखिएकाले उनलाई आराम दिएको बताइन्। देवानले भनिन्, ‘सावित्रालाई डेंगी पोजेटिभ देखिएको छ। त्यही कारण आज उनलाई रेस्ट दिइएको छ।’ यद्यपि, सावित्राको स्वास्थ्यमा समस्या भने छैन। […]