चितवनमा दुई हजारभन्दा बढीमा डेंगी संक्रमण

भरतपुर- चितवनमा डेंगी सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय, चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको हाे। सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगी परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो। कार्यालयको तथ्याङ्कअनुसार उनीहरूमध्ये एक हजार […]

सम्बन्धित सामग्री

महिन्द्रा एक्सयुभीका विभिन्न भेरियण्ट चितवनमा

चितवन। महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक वितरक अग्नि ग्रुपले नयाँ ट्वीन पिक्स शोरुमसँगै विभिन्न भेरियण्टका गाडी एसयुभी चितवनमा सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिका–१२ स्थित शोरुमको शुभारम्भसँगै ती मोडलका एसयुभी सार्वजनिक गरिएको हो । कम्पनीले स्कारपियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० मोडलका गाडी सार्वजनिक गरेको हो । गाडीको उद्घाटन इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायतले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।  सो अवसरमा आरोलकरले नेपालमा मात्रै ५० हजारभन्दा बढी महिन्द्राको उत्पादन विक्री भएको बताए । उनले महिन्द्राको नयाँ एसयुभी भेरियण्ट नेपाल भित्त्याउँदा उत्साहित रहेको बताए । अग्नि ग्रुपका निर्देशक क्याबिनेट श्रेष्ठले चितवन र यस आसपासका जिल्लालाई लक्षित गर्दै शोरुम सँगै तीनओटा भेरियण्टका एक्सयुभीको विक्री शुरू गरिएको बताए ।

भूमि आयोगमा थप चार हजार बढी निवेदन

राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले...

निर्वाचन सुरक्षाका लागि चितवनमा ४ हजार सुरक्षाकर्मी

१२ कात्तिक, चितवन । ४ मंसिरमा हुने संघ तथा प्रदेशको निर्वाचनका लागि चितवनमा झण्डै ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार १९ सय ९१ जना म्यादी प्रहरी, ११ सय ४२ जना जनपथ प्रहरी र सशस्त्र प्रहरी बल परिचालित हुनेछन् । मतदानस्थल र केन्द्रको […]

चितवनमा तीन दिने ‘५औं कृषि यान्त्रिकरण प्रदर्शनी’ हुँदै

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा चितवनमा तीन दिने कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ । संघले माघ ५ देखि ८ गतेसम्म चितवनको भरतपुर महानगरपालिकामा प्रदर्शनी गर्न लागेको हो ।संघले चितवनमा ५औं यान्त्रिकरण मेला आयोजना गर्न लागेको बताएको छ । तीन दिने प्रदर्शनीमा १५० भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधि उपलब्ध हुने बताइएको छ । यस्तै, २० भन्दा बढी मुलुकबाट दुई हजारभन्दा बढी कृषि यन्त्र तथा औजार प्रदर्शनीमा राखिने बताइएको छ ।प्रदर्शनीमा २० करोडभन्दा बढीको कारोबार अपेक्षा राखिएको छ

भक्तपुरमा एमालेको ९ हजारभन्दा धेरै पार्टी सदस्य

नेकपा एमालेको भक्तपुरमा पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ जना रहेको छ । जसमा निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ३ सय ३४ र निर्वाचन क्षेत्र नम्बर २ मा ६ हजार ९३ जना रहेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफ्नो भूगोलबाट चुनिएर आउनु पर्ने विधानमा व्यवस्था छ । प्रतिनिधि छनोटका लागि बिहीबार देशैभरि एकसाथ मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ । २७ गते बिह

चितवनमा दसैँ तिहारमा ३० हजार खसीबोका माग

जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार दसैँ र तिहारको एक महिनाको समयमा ४६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने अनुमा