सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा परीक्षण गरिएकामध्ये ३३ प्रतिशत भन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लामा डेंगीसँग मिल्दोजुल्दो लक्षण भएकाहरुमा गरिएको परीक्षणमध्ये ३३ दशमलव ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला अस्पताल फाप्लुको ल्याबमा अहिलेसम्म रगत परीक्षण गराएका १८ जनामध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयाे । उहाँका अनुसार संक्रमण पुष्टि हुने मध्ये ५ जनालाई अस्पतालमा भर्ना नै गरेर उपचार गरिएको थ...