रुकुमपूर्व- रुकुमपूर्वमा पनि डेंगी पोजेटिभ देखिएको छ। मोरङ घर भइ हाल व्यापारको सिलसिलामा रुकुमपूर्व आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगी पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएका थिए। उनी बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए। डेंगीसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा डेंगी पोजेटिभ देखाएको अस्पतालका […]