फलामको पाइपले लाग्दा कंक्रिट उद्योगका एक कर्मचारीको मृत्यु

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका ८ जगातीमा फलामको पाइप खसेर लाग्दा समानान्तर कंक्रिट उद्योगका एक कामदारको मृत्यु भएको छ।जगाती पुल नजिकै रहेको उद्योगमा काम गर्ने क्रममा करिव ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइपले लागेर बारबर्दिया नगरपालिका ७ का २४ वर्षीय विवेक चौधरीको मृत्यु भएको हो।बिग्रिएको पाइप मर्मत गर्ने क्रममा घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।उनका अनुसार सोही ठाउँ

सम्बन्धित सामग्री

मजदुरले ‘बन्धक’ बनाएका त्रिवेणी उद्योगका प्रमुखसहित कर्मचारीको उद्धार

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स प्रालिका प्रमुखसहित व्यवस्थापकलाई प्रहरीले उद्धार गरेको छ । उद्योगमा कार्यरत मजदुरहरुले चाडपर्वमा बोनस नदिएको भन्दै  उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठसहित ८ जना कर्मचारीलाई थुनेका थिए ।बुधवार दिउँसो १ बजे मजदुर र उद्योग प्रशासनबीच भएको वार्तामा सहमति नभएपछि साँझ ५ बजेदेखि आज (बिहीबार) दिउँसो ३ बजेसम्

उद्योग परिसरमा बिरुवा रोप्दै शौर्य सिमेन्ट

काठमाडौं । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षारोपण गरेको छ । बिक्रेता, कर्मचारी लगायतको सहभागितामा १३ जेठमा उद्योग परिसरभित्र वृक्षारोपण गरिएको उद्योगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । उद्योगका अनुसार आँप, लिची, अम्बा , कागती, नरिवल लगायतका बिरुवा रोपिएको हो । बिक्रेता र कर्मचारीको नाम अंकित नेमप्लेट राखेर बिरुवा रोपिएको उद्योगको भनाइ छ […]

चौधरी ग्रूपद्वारा कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण

विराटनगर (अस) । सुनसरीको गढी गाउँपालिकामा रहेको चौधरी ग्रूपको चाउचाउ उद्योगका ५५३ कर्मचारी, मजदूर र मजदूरका आफन्तको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । सीजी फुड्स इन्डस्ट्रिज प्रालि परिसरमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शुक्रवार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शिविरमा १७७ जनाको रगत परीक्षण, ११३ जनाको भिडियो एक्सरे, ८७ जनाको ईसीजी र ३१ जनाको दाँतको परीक्षण गरिएको छ । नोबेल मेडिकल अस्पतालको सहयोगमा हुने स्वास्थ्य शिविरमा ल्याब, ईसीजी, भिडियो एक्सरे सहितको निःशुल्क सेवा प्रदान गरिँदै आएको उनले बताए । चौधरी ग्रूपका इकाई प्रमुख राजीव सिंह राजपुतले उद्योगमा काम गर्ने मजदूर तथा कर्मचारीको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरू गरिएको बताए । यसअघि आँखा शिविर मात्र गरिँदै आएकोमा अहिले सबै परीक्षण गरिने व्यवस्था मिलाइएको उनको भनाइ छ । उद्योगका प्रशासन तथा मानव संसाधन विभाग प्रमुख उदयप्रकाश शाहका अनुसार उद्योगमा कार्यरत मजदूर ‘ओभरटाइम’ काम गर्ने भएकाले उनीहरूले स्वास्थ्य परीक्षण गर्न जाने समय नपाउने र कतिपयले समय पाए पनि जान आलटाल गर्ने भएकाले उद्योगभित्रै यो सुविधा उपलब्ध गराइएको हो । उद्योगका कर्मचारी र मजदूरका लागि अब वर्षेनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने उनको भनाइ छ ।

चौधरी ग्रुपले उद्योगका कामदार कर्मचारीको गर्‍यो नि : शुल्क स्वास्थ्य परीक्षण

फागुन २१, विराटनगर । सुनसरीको गढी गाउँ पालिकामा रहेको चाउचाउ उद्योगमा काम गर्ने ५५३ जना कर्मचारी, मजदूर र मजदूरका आफन्तसमेतको नि : शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।  चौधरी ग्रुप अन्तरगत सीजी फुड्स इन्डस्ट्रिज प्रालिको प्राङगणमा आयोजित नि : शुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिको प्राविधिक सहयोग गरेको थियो । उक्त शिविरमा ५५३ जना विरामीको नि : शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।  अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार शिविरमा १७७ जनाको रगत परिक्षण, ११३ जनाको भिडियो एक्सरे, ८७ जनाको इसीजी र ३१ जनाको दाँत निकालिएको छ । चौधरी ग्रुपका इकाई प्रमुख राजीव सिंह राजपुतले उद्योगमा काम गर्ने मजदूर तथा कर्मचारीहरुको सामाजिक उत्तरदायित्व अन्तरगत नि : शुल्क स्वास्थ्य परीक्षण गरिएको बताए । कतिपय मजदूरहरु आफ्नो शारिरिक अवस्था सामान्य नरहेको जानकारी पाउँदा - पाउँदै पनि अस्पताल नजाने भएकाले उद्योग भित्रनै नि : शुल्क रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको पनि उनले बताए ।  उद्योगका प्रशासन तथा मानव संशाधन विभाग प्रमुख उदयप्रकाश शाहका अनुसार उद्योगमा कार्यरत मजदूरहरु ओभरटाइम काम गर्ने भएकाले उनीहरुले स्वास्थ्य परिक्षण गर्न जाने समय नपाउने र कतिपयले समय पाएपनि किन स्वास्थ्य परिक्षण गर्ने भनेर आलटाल गर्ने भएकाले उद्योग भित्र नै शिविर सञ्चालन गरेको बताए ।   उनले आगामी वर्ष पनि यसरी नै उद्योगका मजदूर र कर्मचारीको लागि नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने  योजना रहेको बताए ।

करेन्ट लागेर चौधरी उद्योगका एक मजदुरको मृत्यु

नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं २ दुम्कौलीस्थित चौधरी उद्योगमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । उद्योग ग्रामको वियर प्लान्टमा कार्यरत देवचुली १२ निवासी ४० वर्षीय चक्रपाणी भुसालको विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । एसी जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका भुसालको विहिबार मध्यान्ह सवा १२ […]

लुम्बिनी प्रदेश: कर्मचारीको तलब बढ्यो

प्रदेश निजामती कर्मचारीको तलब २ हजारका दरले बढाइएको छ। छुट सुविधातर्फ कोभिडका कारण बाबुआमा गुमाएका सन्तानको सम्पत्ति नामसारी गर्दा रजिस्टेसन शुल्कमा २५ प्रतिशत छुट दिने भनिएको छ। जलविद्युत्, सौर्य ऊर्जा, कपास, तरकारी, माछा, कफी, चिया, पशुपक्षी, पुष्प तथा जडीबुटी उद्योगका लागि जग्गा खरद गर्दा लाग्ने लिखतको रजिस्टेसन शुल्कमा ७५ प्रतिशत छुट, कृषिका लागि गरिने चक्लाबन्दीमा हक हस्तान्तरण गर्दा सोमा लाग्ने राजस्व मिनाहा हुनेछ।

बन्दाबन्दीको अवधिमा उद्योगका कर्मचारीको आधा तलब व्यहोरिदिन माग

निजी क्षेत्रका तीन ठूला सङ्गठनले बन्दाबन्दीको अवधिमा उद्योगका कर्मचारीको आधा तलब सरकारले व्यहोरिदिनुपर्ने माग राखेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले बन्दाबन्दीले उद्योग क्षेत्रमा पारेको प्रभाव र जोगाउने उपाय सुझाउँदै संयुक्त रूपमा यस्तो आग्रह गरेका हुन् । तीन संस्थाका पदाधिकारीहरूले मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटेर साझा धारणाका रूपमा तलब अनुदानसहितका विभिन्न माग राखेका हुन् । उ