उद्योग परिसरमा बिरुवा रोप्दै शौर्य सिमेन्ट

काठमाडौं । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षारोपण गरेको छ । बिक्रेता, कर्मचारी लगायतको सहभागितामा १३ जेठमा उद्योग परिसरभित्र वृक्षारोपण गरिएको उद्योगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । उद्योगका अनुसार आँप, लिची, अम्बा , कागती, नरिवल लगायतका बिरुवा रोपिएको हो । बिक्रेता र कर्मचारीको नाम अंकित नेमप्लेट राखेर बिरुवा रोपिएको उद्योगको भनाइ छ […]

सम्बन्धित सामग्री

शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारले आईपीओ निष्कासन गर्न सेबोनमा दिए निवेदन

काठमाडौं । दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । शौर्य सिमेन्टले अंकित मूल्यमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थपेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा आईपीओ निष्कासन गर्न पुस १२ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  त्यस्तै अन्नपूर्ण केबलकारले अंकित मूल्यमै ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न पुस १६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यी दुवै कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् ।

छोटो अवधिमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै

काठमाडौं-  शौर्य सिमेन्टले आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा (१०महिना) मा मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न सफल भएको छ । व्यवसायिक उत्पादनको पहिलो महिना (जेष्ठ,२०७८) देखि नै यस कम्पनीको उत्पादन प्रति ग्राहक वर्गको विश्वास जित्न सफल भएको छ ।   रुस युक्रेन युद्ध तथा कोरोना महामारीबाट प्रभावित निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा […]

शौर्य सिमेन्ट लोकप्रिय हुँदै

काठमाडौं (नेस) । शौर्य सिमेन्ट आफ्नो व्यावसायिक उत्पादनको छोटो अवधिमा (१० महिना) मा मासिक १० लाखको ब्रिक्री लक्ष्य हासिल गर्न सफल भएको छ । व्यावसायिक उत्पादनको पहिलो महिना जेठदेखि नै कम्पनीको उत्पादन प्रतिग्राहक वर्गको विश्वास जित्न सफल भई हालको निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा अत्यन्तै सराहनीय रहेको छ । यस कम्पनीले हाल […]

शौर्य सिमेन्ट लोकप्रिय बन्दै

स्थापनाको छोटो समयमै शौर्य सिमेन्टले आफ्नो व्यावसायिक उत्पादनमा मासिक १० लाख बोराको बिक्री लक्ष्य हासिल गरेको छ।...

छोटो समयमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै

काठमाडौं । शौर्य सिमेन्टले मासिक १० लाख रुपैयाँको सिमेन्ट ब्रिक्री गर्न सफल भएको छ ।व्यवसायिक उत्पादनको छोटो अवधिमै मासिक १० लाख रुपैयाँको सिमेन्ट बिक्री गरेर लोकप्रिय ब्रान्डको रुपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ । जेठ २०७८ देखि व्यवसायिक रुपमा सिमेन्ट उत्पादन सुरु गरेको शौर्य सिमेन्टले मासिक १० लाख रुपैयाँको सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको […]

शौर्य सिमेन्टलाई ५३ ग्रेडबाट मान्यता

उदयपुरको चुनढुंगाबाट उत्पादित शौर्य सिमेन्ट ५३ ग्रेडबाट सम्मानित भएको छ । यस अवसरमा शौर्य सिमेन्टले पुस मसान्तसम्म आफ्नो सबै ग्राहकलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ ।सिरहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट ओपिसी, पिएससी सिमेन्टहरु उत्पादन गर्दछ । आगामी दिनमा पिपिसी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा रहेको एस उद्योगले नेपालमै […]

शौर्य सिमेन्टको उत्पादन बजारमा

शौर्य सिमेन्टले बजारमा आफना उत्पादन बिक्री–वितरण सुरु गरेको छ । सिरहाको मिर्चैयामा रहेको शौर्य सिमेन्ट इन्डष्ट्रिजले ओपीसी, पीपीसी, पीएससी र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरीका सिमेन्टहरु उत्पादन गर्छ ।जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको दाबी कम्पनीको छ । कम्पनीले दैनिक ७० हजार बोरासहित […]

नेपाली सिमेन्ट बजारमा शौर्य सिमेन्टको आगमन, लो अल्कली उत्पादन गर्ने पहिलो कम्पनी

काठमाडौं । नेपाली सिमेन्ट बजारमा शौर्य सिमेन्टको आगमन भएको छ । नेपाली सिमेन्ट बजारमा उच्च स्तरिय कच्चा पदार्थसँगै पछिल्लो जमानाको सर्वोत्कृष्ट प्रविधिलाई अंगाल्दै गुणस्तरीय उत्पादनका साथ बजारमा उत्पादन र बिक्री वितरण शुरु गरेको शौर्य सिमेन्टले जनाएको छ । सिराहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट इन्डष्ट्रिज ओपीसी, पीपीसी, पीएससी र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरिका गुणस्तरीय सिमेन्टहरु उत्पादन थालेको छ । जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्प