मकवानपुर – मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने सामरी खोलामा भइरहेको दोहन आज आइतवार बिहानदेखि रोकिएको छ । गाउँपालिका कार्यालयका कर्मचारीको मिलेमतोमा सामरी खोलाको ठाउँ–ठाउँमा दोहन भइरहेको थियो ।
क्रसर उद्योगका तर्फबाट खोला उत्खनन गर्न प्रयोग भएका एक्स्काभेटर पनि निकालिएको छ । उज्यालो अनलाइनमा समाचार प्रकाशित भएपछि तीन दिनदेखिको खोला दोहन रोकिएको हो । गाउँपालिकाका लागि राजस्व सङ्कलन गर्ने उद्देश्यले उत्खनन गरिएको र आजदेखि काम रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुड...