चौधरी ग्रुपले उद्योगका कामदार कर्मचारीको गर्‍यो नि : शुल्क स्वास्थ्य परीक्षण

फागुन २१, विराटनगर । सुनसरीको गढी गाउँ पालिकामा रहेको चाउचाउ उद्योगमा काम गर्ने ५५३ जना कर्मचारी, मजदूर र मजदूरका आफन्तसमेतको नि : शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।  चौधरी ग्रुप अन्तरगत सीजी फुड्स इन्डस्ट्रिज प्रालिको प्राङगणमा आयोजित नि : शुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिको प्राविधिक सहयोग गरेको थियो । उक्त शिविरमा ५५३ जना विरामीको नि : शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।  अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार शिविरमा १७७ जनाको रगत परिक्षण, ११३ जनाको भिडियो एक्सरे, ८७ जनाको इसीजी र ३१ जनाको दाँत निकालिएको छ । चौधरी ग्रुपका इकाई प्रमुख राजीव सिंह राजपुतले उद्योगमा काम गर्ने मजदूर तथा कर्मचारीहरुको सामाजिक उत्तरदायित्व अन्तरगत नि : शुल्क स्वास्थ्य परीक्षण गरिएको बताए । कतिपय मजदूरहरु आफ्नो शारिरिक अवस्था सामान्य नरहेको जानकारी पाउँदा - पाउँदै पनि अस्पताल नजाने भएकाले उद्योग भित्रनै नि : शुल्क रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको पनि उनले बताए ।  उद्योगका प्रशासन तथा मानव संशाधन विभाग प्रमुख उदयप्रकाश शाहका अनुसार उद्योगमा कार्यरत मजदूरहरु ओभरटाइम काम गर्ने भएकाले उनीहरुले स्वास्थ्य परिक्षण गर्न जाने समय नपाउने र कतिपयले समय पाएपनि किन स्वास्थ्य परिक्षण गर्ने भनेर आलटाल गर्ने भएकाले उद्योग भित्र नै शिविर सञ्चालन गरेको बताए ।   उनले आगामी वर्ष पनि यसरी नै उद्योगका मजदूर र कर्मचारीको लागि नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने  योजना रहेको बताए ।  

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घटायो

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा कायम बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले वीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताइन् । उनका अनुसार बहिरङ्ग सेवा रु ५० र इमर्जेन्सी सेवाबापतको शुल्क रु […]

स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

२३ मंसिर, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा […]

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ।

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

काठमाडौँ,२३ मँसिर । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार […]

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने बताए ।प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवा

जनयुद्धका घाइते र बेपत्ता परिवारलाई नि: शुल्क स्वास्थ्य बिमा

२७ पुस, दाङ। दाङमा जनयुद्ध तथा जनआन्दोलनका घाइते, शहीदर वेपत्ता परिवारहरुको नि: शुल्क स्वास्थ्य बिमा गरिएको छ । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ र १७ ले शहीदतथा वेपत्ता परिवारको तथ्याङ संकलन गरी नि: शुल्क बिमा गरिदिएका हुन् । घोराही वडा नं. १४ भित्र जनआन्दोलन तथा सशस्त्र द्वन्द्वका […]

अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले फेरि भन्यो- शुल्क सार्वजनिक गर्नू

मन्त्रालयले यसअघि नै अस्पतालहरुलाई शुल्क सार्वजनिक गर्न निर्देशन दिएको थियो। उक्त निर्देशन अनुसार स्वास्थ्य संस्थाहरुले अझै पनि सेवा शुल्क सम्बन्धि विवरण नराखेको र अपुरो विवरण राखेको भन्दै मन्त्रालयले पुनः तोकता गरेको होर

सरकारले भन्यो : सबै स्वास्थ्य संस्थाले सेवा शुल्क सार्वजनिक गर्नू

पर्वत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्रमा सेवा र शुल्क सार्वजनिक गर्न भनेको छ।कोरोना सङ्क्रमणको विषम परिस्थितिमा कतिपय स्वास्थ्य संस्थाहरूले बिरामीको उपचार बापत चर्को शुल्क असुल उपर गरेको, अक्सिजनको मूल्य अत्यधिक लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामी माथि थप आर्थिक भार पारेको, बिरामीलाई नै उपचार सामग्रीको बन्दोबस्त गर्न लगाएको लगायत गुनासा आएपछि सेवा शुल्क सार्वजनिक गर्न भनिएको मन्त्रालयको गुणस्तर, मापन तथा नि

स्वास्थ्य मन्त्रालयले भन्यो, पीसीआर परीक्षण शुल्क बढी नलिनु

काठमाडौं। स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क बढी नलिन प्रयोगशालाहरूलाई आग्रह गरेको छ। केही प्रयोगशालाले विभिन्न बहानामा थप शुल्क लिइरहेको गुनासो बढिरहेको बेला मन्त्रालयले सरकारी प्रयोगशालाले एक हजार र नीजि प्रयोगशालाले दुई हजार शुल्क तोकिएको जनाएको छ। उक्त शुल्कभन्दा बढी लिइएको पाइए त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाउने मन्त्रालयले चेतावनी दिएको छ।