पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स प्रालिका प्रमुखसहित व्यवस्थापकलाई प्रहरीले उद्धार गरेको छ । उद्योगमा कार्यरत मजदुरहरुले चाडपर्वमा बोनस नदिएको भन्दै उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठसहित ८ जना कर्मचारीलाई थुनेका थिए ।बुधवार दिउँसो १ बजे मजदुर र उद्योग प्रशासनबीच भएको वार्तामा सहमति नभएपछि साँझ ५ बजेदेखि आज (बिहीबार) दिउँसो ३ बजेसम्