युरोकपमा आज : पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच भिडन्त हुँदै

युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछन्। युरोकपमा आज समूह 'एफ' को दुई खेलहरु संचालन हुँदैछ । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल राति ९:४५ बजे शुरू हुनेछ । आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थि...

सम्बन्धित सामग्री

चीनले भ्रमण अनुमति दिएपछिको पर्यटन : पर्यटनकर्मी एमके कुलुङको विचार

सन् २०२३ लाग्नेबित्तिकै चीन सरकारले आफ्नो देशका नागरिकलाई विदेशमा पर्यटक भई घुम्न जान दिने निर्णय दुई चरणमा गरेको छ । उनीहरूलाई ट्राभल एजेन्सी एवम् अनलाइन कम्पनीमार्पmत समूहमा विदेश भ्रमण गर्न जाने अनुमति दिएको हो । सन् २०१९ को अन्त्यतिर शुरू भएको कोभिड–१९ महामारीको ३ वर्षपछि चीन सरकारले दुई चरण गरेर ६० ओटा देशमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जाने अनुमति दिएको छ ।  पहिलो चरणमा विश्वका २० ओटा देश छानेर अनुमति जारी गरेको थियो । थाइल्यान्ड, इन्डोनेशिया, कम्बोडिया, श्रीलंका, माल्दिभ्स, मलेशिया, फिलिपिन्स, सिंगापुर, लाओस, युनाइटेड अरब इमिरेटस् (युएई), इजिप्ट, केन्या, रूस, दक्षिण अफ्रिका, स्वीट्जरल्यान्ड, हंगेरी, न्यूजील्यान्ड, फिजी, क्युबा र अर्जेन्टिना रहेका छन् । यी देशमा देशमा गएको फेब्रुअरी ६ तारीखदेखि चिनियाँ पर्यटक समूहमा घुम्न जान थाले । त्यस्तै गरेर चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले दोस्रो चरणमा आफ्ना देशका नागरिकलाई समूहमा पर्यटक भई घुम्न जान पाउने विश्वका ४० ओटा देशको नाम सार्वजनिक गरेको छ । तिनमा नेपाल, ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, मौरिसस, नामिबिया, जिम्बाबे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोसिया, आइसल्यान्ड, अल्वानिया, इटली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोगा, सामोआ, ब्राजिल, चिली, डोमिनिका, एलसाल्भाडोर, रिपब्लिक अफ मोमिनिका, फ्रान्स, ग्रिस, स्पेन, उरूग्वे, पनामा, बहामास रहेका छन् । यी देशमा गएको मार्च १५ देखि चिनियाँ नागरिकहरू ट्राभल एजेन्सी एवम् अनलाइन कम्पनीमार्फ समूहमा भ्रमण गर्न जान थालिसकेका छन् ।  चीन सरकारले पहिलो चरणमा विश्वका २० ओटा देशमा चिनियाँ नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जाने अनुमति दिएको देशमा नेपाल परेको थिएन । तर, दोस्रो चरणको सूचीमा भने नेपाल परेको छ । हालसालै एकै पटक १ सय ८० जना चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल भ्रमण गर्न आएका छन् । जुन पर्यटक समूहलाई नेपाल सरकारका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आदिले स्वागत गरेका थिए । एकैपटक नेपालमा १ सय ८० चिनियाँ पर्यटकलाई विमान चार्टर गरेर नेपाल भ्रमण गराउने ट्राभल कम्पनी बिग माउन्टेन ट्राभल हो । निश्चय नै यसले चिनियाँ पर्यटक नेपाल आउनका लागि सकारात्मक सन्देश दिएको छ ।  केही समयअघि चिनियाँ पर्यटन उद्योगसँग सम्बद्ध संस्था चाइना आउटबाउन्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १ सय ५५ मिलियन चिनियाँ पर्यटक विदेश घुम्न निक्लिएका थिए । सन् २०२३ मा १ सय १० मिलियन चिनियाँ पर्यटक विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । ती मध्ये १ प्रतिशतलाई नेपालतर्फ आकर्षित गर्न सकेमा पनि १० लाखभन्दा बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने देखिन्छ । तर, त्यसका लागि हामीले गर्नुपर्ने धेरै कामहरू तत्काल गर्न नसकिने अवस्था छ ।  कोभिड–१९ पछि को ३ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ । जस्तै सन् २०२० मा नेपालमा १९ हजार २५७ जना चिनियाँ पर्यटक आएका थिए भने सन् २०२१ मा केवल ६ हजार १९८ जना मात्रै । त्यस्तै सन् २०२२ मा ९ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका थिए भने सन् २०२३ को जनवरी, फेब्रुअरी र मार्च महीनामा क्रमशः १४ सय ३६, २२ सय ३२ चिनियाँले नेपाल भ्रमण गरिसकेका छन् ।  खासमा चीन सरकारले सन् २००३ देखि मात्रै चिनियाँ नागरिकलाई पर्यटकका रूपमा नेपाल आउने अनुमति दिन थालेको हो । त्यस वर्ष ७ हजार ५६२ जना चिनियाँ नागरिक पर्यटकका रूपमा नेपाल आएका थिए । त्यसयता नेपाल भ्रमण गर्न आउने चिनियाँहरूको संख्या लगातार बढिरहेको थियो । स्मरण रहोस्, सन् २०१९ मा १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा १ लाख ५३ हजार ६ सय ३३ जना, सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६५ जना, सन् २०१६ मा १ लाख ४ हजार पाँच जना, सन् २०१५ मा ६४ हजार ५ सय ७५ जना, सन् २०१४ मा १ लाख २३ हजार ८ सय पाँच जना र सन् २०१३ मा १ लाख १३ हजार १ सय ७३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको देखिन्छ ।  अब हामीले केकसो गरेर हुन्छ केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देश चीनलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । लगभग १ दशकदेखि चिनियाँ पर्यटक विश्वभरिका साना–ठूला देशका लागि आकर्षक र पहिलो नम्बर (धेरै संख्यामा विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) का पर्यटकका रूपमा रहेका छन् । तथापि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकचाहिँ खासै खर्चिलो नरहेको भन्ने पर्यटन क्षेत्रका व्यवसायीहरूको भनाइ रहेको छ । त्यसैले हामीले अब चिनियाँ पर्यटकको संख्यासँगै गुणस्तर बढाउनेतर्पm ध्यान दिनुपर्ने देखिन्छ । विश्वका अन्य देशमा धेरै खर्च गर्ने तिनै चिनियाँ पर्यटकले नेपालमा किन कम खर्च गर्छन् ? यो प्रश्नको जवाफ खोज्नैपर्ने हुन्छ ।  लेखक पर्यटनकर्मी हुन् ।

आगामी युरोकप छनौटको लागि समुह निर्धारण, कुन देश कुन समुहमा ? (सूचीसहित)

आगामी युरोकपको छनौट प्रतियोगिताको लागि समुह निर्धारण भएको छ । युरोपेली फुटबल संघले जर्मनीमा आज आयोजित एक कार्यक्रममा ड्र मार्फत १० वटा समुह निर्धारण गरेको हो ।छनौट प्रतियोगितामा ५३ टिमले सहभागिता जनाउने छन् । जस मध्येबाट २४ वटा देशमात्र युरोकपको लागि छनौट हुने छन् । युरोकपको आगामी संस्करण सन् २०२४ मा जर्नामीमा हुने छ । आयोजकको हिसाबले जर्मनी प्रतियोगिताको लागि स्वत छनौट भएको छ । रुसलाई भने फिफाले प्रतिबन्ध लगाएको कारण छनौटमा सहभागी गराईएको छैन । अब १० वटा समुहमा रहेका हरेक देशले आफ्नो समुहमा रहेका अन्य देशसँग समान २-२ खेल खेल्ने छन् । त्यसपछि समुह विजेता र समुहका उप बिजेता युरोकपको लागि छनौट हुने छन् । यसरी हरेक समुहको बिजेता र उपविजेता गरि २० टिम युरोकपको लागि छनौट हुने छन् । जर्मनी छनौट भईसकेको छ । युरोकपमा कुल २४ राष्ट्र खेल्ने भएकोले बाँकि ३ देश भने प्ले अफ मार्फत छनौट हुने छन् । आगामी युरोकप सन् २०२४ को जुन १४ देखि जुलाई १४ सम्म हुने छ । छनौट चरणका खेलहरु भने सन् २०२३ को मार्च २३ देखि सुरु भई सन् २०२४ को २६ मार्चमा अन्त्य हुने छ । यस अघि युरोकप सन् २०२० मा भएको थियो । उक्त प्रतियोगिताको उपाधि इटालीले जितेको थियो । जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक युरोकपको उपाधि जितेका छन् । युरोकप छनौटको लागि ८ वटा समुहमा ५ टिम छन् भने बाँकि २ वटा समुहमा ६ टिम छन् । हेर्नुस् सन् २०२४ को युरोकप छनौटको लागि गरिएको समुह विभाजन । समुह ए : स्पेन, स्कटल्याण्ड, नर्वे, जर्जिया, साइप्रस समुह बि : नेदरल्याण्ड, फ्रान्स, रिपब्लिक अफ आयरल्याण्ड, ग्रिस, गिब्रलटार समुह सी : इटाली, ईङल्याण्ड, युक्रेन, नर्थ मेसोडोनिया, माल्टासमुह डि: क्रोएसिया, वेल्स, अर्मेनिया, तार्कि, लटभिया समुह ई : पोल्याण्ड, चेक रिपब्लिक, अल्बेनिया, फेरु आईल्याण्ड, मोल्डोभासमुह एफ : बेल्जियम , अष्ट्रिया, स्वीडेन, अजरबैजान, इस्टोनिया समुह जी: हंगेरी, सर्बिया, मोन्टेनेग्रो, बुल्गेरिया, लिथुएनियासमुह एच : डेनमार्क, फिनल्याण्ड, सोल्भेनिया, काजकस्थान, नर्थन आयरल्याण्ड, सान मारियोसमुह आई: स्विजरल्याण्ड, इजरायल, रोमानिया, कोसोभो, बेलारुस, एन्डोरा समुह जे : पोर्चुगल, बोस्निया एण्ड हर्सगोभिना, आइसल्याण्ड, लक्जेम्बर्ग, सोल्भाकिया, लिकटिस्टाईन

जर्मनीविरुद्ध इङ्ल्यान्डको पीडा : कहिले पेनाल्टी मिस, कहिले गोलले मान्यता नपाउने

गत बुधबार समूह एफको खेलमा हंगेरी र जर्मनी तथा फ्रान्स र पोर्चुगलबीच एकै समय खेल भइरहेको थियो । यी चार टोलीमध्ये कुनै पनि टोली प्रतियोगिताबाट बाहिरिने टुंगो लागिसकेको थिएन । समूह विजेता, उपविजेता र तेस्रो हुने टोलीको पनि टुंगो थिएन । अन्तत हंगेरीविरुद्ध अन्त्यतिर गोल फर्काएर जर्मनीले खेल बराबरी ग¥यो । यता, पोर्चुगल र फ्रान्सबीचको खेल बराबरी भएपछि फ्रान्स समूह विजेता बन्यो । उपविजेता जर्मनी र इङ्ल्यान्ड अन्तिम १६ मा भेट्ने पक्का भयो ।यससँगै इङल्यान्डमा जर्मनीविरुद्धको खेललाई लिएर विभिन्न

युरोकप २०२० : यस कारण रोचक छन् समूह ‘एफ’ अन्तर्गत आज हुने खेल

यो समूहमा विश्व विजेता फ्रान्स, युरोकपको साविक विजेता पोर्चुगल र सन् २०१४ को विश्वकप विजेता जर्मनी छन् । यही समूहमा रहेको हंगेरी पनि सशक्त टिमका रूपमा उदाइरहेको छ

युरोपक : विजेताहरूको भिडन्त आज राति

काठमाडाैं : १६ औं संस्करणको युरो कप फुटबलमा आज (मंगलबार) ग्रुप अफ डेथ मानिएको समूह 'एफ' का दुई खेलहरु हुँदैछन्। युरोकपको स्वाद चाखिसकेका ३ देशले आज प्रतिस्पर्धा गर्दैछन्।पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ।आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ। यी दुईबीचको खेल राति पौने १ बजे जर्मनीकोम्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ।घरेलु टिमको चुनौती चिर्दै फ्रान्स तेस्रो पटक युरोकप जित्ने अभियानमा दौडने प्रयासमा छ भने

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह

युरोकपमा आज दुई खेल हुँदै

एजेन्सी।युरोकप फुटबलमा आज (मंगलबार) समूह 'एफ'का दुई खेल हुँदैछन्। पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। साविक विजेतासमेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टको पुस्कास एरिनामा नेपाली समयअनुसार राति ९:४५ बजेबाट खेल्दैछ। दोस्रो खेलमा साबिक उपविजेता तथा २०१८ को विश्वकप विजेता फ्रान्सले जर्मनीविरुद्ध राति १२:४५ बजे खेल्दैछ। खेल जर्मनीको म्युनिखस्थित एलिनाज रंगशालामा हुँदैछ।

बेन्जिमा करिब ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा

एजेन्सी। रियाल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा परेका छन्। प्रशिक्षक डिडियर डेसच्याम्पसले बेन्जेमालाई युरोपियन च्याम्पियनसिपका लागि टिममा बोलाएका हुन्। सहयात्रीलाई ‘ब्याकमेल’ गरेको काण्डपछि बेन्जेमा २०१५ यता फ्रान्स टिममा छैनन्। बेन्जेमाले युरो २०१६ र २०१८ को विश्वकप गुमाएका थिए। बेन्जेमाले फ्रान्सबाट ८१ खेलमा २७ गोल गरिसकेका छन्। फ्रान्सले समूह ‘एफ’मा हंगेरी, पोर्चुगल र जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।