आगामी युरोकप छनौटको लागि समुह निर्धारण, कुन देश कुन समुहमा ? (सूचीसहित)

आगामी युरोकपको छनौट प्रतियोगिताको लागि समुह निर्धारण भएको छ । युरोपेली फुटबल संघले जर्मनीमा आज आयोजित एक कार्यक्रममा ड्र मार्फत १० वटा समुह निर्धारण गरेको हो ।छनौट प्रतियोगितामा ५३ टिमले सहभागिता जनाउने छन् । जस मध्येबाट २४ वटा देशमात्र युरोकपको लागि छनौट हुने छन् । युरोकपको आगामी संस्करण सन् २०२४ मा जर्नामीमा हुने छ । आयोजकको हिसाबले जर्मनी प्रतियोगिताको लागि स्वत छनौट भएको छ । रुसलाई भने फिफाले प्रतिबन्ध लगाएको कारण छनौटमा सहभागी गराईएको छैन । अब १० वटा समुहमा रहेका हरेक देशले आफ्नो समुहमा रहेका अन्य देशसँग समान २-२ खेल खेल्ने छन् । त्यसपछि समुह विजेता र समुहका उप बिजेता युरोकपको लागि छनौट हुने छन् । यसरी हरेक समुहको बिजेता र उपविजेता गरि २० टिम युरोकपको लागि छनौट हुने छन् । जर्मनी छनौट भईसकेको छ । युरोकपमा कुल २४ राष्ट्र खेल्ने भएकोले बाँकि ३ देश भने प्ले अफ मार्फत छनौट हुने छन् । आगामी युरोकप सन् २०२४ को जुन १४ देखि जुलाई १४ सम्म हुने छ । छनौट चरणका खेलहरु भने सन् २०२३ को मार्च २३ देखि सुरु भई सन् २०२४ को २६ मार्चमा अन्त्य हुने छ । यस अघि युरोकप सन् २०२० मा भएको थियो । उक्त प्रतियोगिताको उपाधि इटालीले जितेको थियो । जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक युरोकपको उपाधि जितेका छन् । युरोकप छनौटको लागि ८ वटा समुहमा ५ टिम छन् भने बाँकि २ वटा समुहमा ६ टिम छन् । हेर्नुस् सन् २०२४ को युरोकप छनौटको लागि गरिएको समुह विभाजन । समुह ए : स्पेन, स्कटल्याण्ड, नर्वे, जर्जिया, साइप्रस समुह बि : नेदरल्याण्ड, फ्रान्स, रिपब्लिक अफ आयरल्याण्ड, ग्रिस, गिब्रलटार समुह सी : इटाली, ईङल्याण्ड, युक्रेन, नर्थ मेसोडोनिया, माल्टासमुह डि: क्रोएसिया, वेल्स, अर्मेनिया, तार्कि, लटभिया समुह ई : पोल्याण्ड, चेक रिपब्लिक, अल्बेनिया, फेरु आईल्याण्ड, मोल्डोभासमुह एफ : बेल्जियम , अष्ट्रिया, स्वीडेन, अजरबैजान, इस्टोनिया समुह जी: हंगेरी, सर्बिया, मोन्टेनेग्रो, बुल्गेरिया, लिथुएनियासमुह एच : डेनमार्क, फिनल्याण्ड, सोल्भेनिया, काजकस्थान, नर्थन आयरल्याण्ड, सान मारियोसमुह आई: स्विजरल्याण्ड, इजरायल, रोमानिया, कोसोभो, बेलारुस, एन्डोरा समुह जे : पोर्चुगल, बोस्निया एण्ड हर्सगोभिना, आइसल्याण्ड, लक्जेम्बर्ग, सोल्भाकिया, लिकटिस्टाईन

सम्बन्धित सामग्री

विश्वकपमा आज समुह ‘सी’ र ‘डी’ का चार खेल हुने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज बुधबार समुह ‘सी’ र ‘डी’ का चार खेल हुनेछन् । पहिलो दुई खेल नेपाली समयअनुसार राति पौने ९ बजेबाट हुनेछ भने बाँकी दुई खेल राति पौने १ बजेबाट हुनेछ । राति पौने ९ बजे सुरु हुने खेलहरुमा ट्युनिसिया र फ्रान्स भिड्दा अष्ट्रेलियाले डेनमार्कसँग खेल्नेछ । समुह […]

बालबालिका चोरी गर्ने समुह नेपाल प्रवेश गरेका छैनन् : साइबर व्युरो

काठमाडौं, २८ भदौ । नेपाल प्रहरीले विदेशबाट बालबालिका चोरी गर्ने समुह नेपाल प्रवेश गरेको कतै सुचना नआएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा पोष्ट भएका भ्रामक प्रचारमा उल्लेख भएझैँ प्रहरी कार्यालयहरुमा कुनैपनि सूचना प्राप्त नभएको साइबर ब्युरोले बताएको हो । व्युरोले जारी गरेको सुचनामा लेखिएको छ,“भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको […]

विश्व बैंक समुह अन्तर्गत अन्तराष्ट्रिय वित्त निगमको टोली पोखरामा

पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी गर्न अर्थ मन्त्री बरालको आग्रहपोखरा – विश्व बैंक समुह अन्र्तगत अन्तराष्ट्रिय वित्त निगमको एक टोली गण्डकी प्रदेशको राजधानि पोखरामा आएको छ । नेपाल भ्रमणको क्रममा पोखरा आएको उक्त टोलीले विहिबार गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल समक्ष भेटघाट गरेको हो ।निगमका म्यानेजर क्रियटीङ मार्केट एड्भाइजरी सेल्मा, आई.एफ.सी. […]

आतंकवादी समुह इस्लामिक स्टेटका नेता अल–कुरेसीको मृत्यु

काठमाडौं । आतंकवादी समुह इस्लामिक स्टेट आई.एस.का नेता अबु इब्राहिम अल–हासिमी अल–कुरेसीको मृत्यु भएको छ । सिरीयामा अमेरिकी सेनाले गरेको विशेष कारबाहीपछि अल कुरेसीको मृत्यु भएको हो । झण्डै रातभरी चलेको गोलीबारीपछि अल कुसेरी लुकेको अखडालाई अमेरिकी सेनाले घेरा हालेपछि अल कुरेसीले आफैलाई विष्फोट गराएका हुन् । आफु उम्कन नसक्ने देखेपछि अल कुरेसीले परिवारसहित आत्माघाति […]

साविक विजेता अल्जेरिया समुह चरणबाटै बाहिरियो

काठमाडौं । साविक विजेता अल्जेरिया अफ्रिका कपअफ नेशन्स फुटबलको समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा उपाधि दावेदार आइभोरी कोष्टसँग ३–१ गोल अन्तरले पराजित भएपछि अल्जेरियाको यात्रामा पूर्णविराम लागेको हो । जितसँगै आइभोरि कोष्ट समुहका तीन खेलबाट ७ अंक जोड्दै समुह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । ६ अंकसहित दोस्रो स्थानमा आएको […]

नेपाल साफ अण्डर नाईन्टीन महिला फुटबलको समुह चरणबाटै बाहिर

काठमाडौं । साफ अन्डर नाइन्टिन महिला फुटबल च्याम्पियनसिपको समुह चरणबाटै नेपाल बाहिरिएको छ । ५ टोली सहभागि समुहमा तेस्रो भएपछि नेपालले फाइनल खेल्ने अवसर गुमाएको हो । समुहको अन्तिम खेलमा नेपालले हिजो भारतसँग १–० को हार बेहोर्‍यो । यो खेलमा विजयी वा कम्तिमा बराबरीसम्म खेलेको भए नेपाल फाइनलमा पुग्ने थियो । तर पराजित भएपछि नेपालको […]

युएफा च्याम्पियन्स लिगको समुह विभाजन र खेल तालिका सार्वजनिक

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति समुह विभाजन गर्दा साविक विजेता चेल्सी र युभेन्टस एकै समुहमा परेका छन् । समुह एच मा इंग्ल्याण्डको चेल्सी र इटालीको युभेन्टससँगै रुसको जेनिथ र स्विडेनको माल्मो परेका छन् । समुह ए मा दुई दावेदार टोलीहरु इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र […]

उमेर समुह अनुसार सबैलाई खोप : मन्त्री, तामाङ

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउनको लागि सरकारले प्रयास गरिरहेको बताएका छन् । खोप ल्याउने क्रम जारी रहेकोले उमेर समुह अनुसार खोप दिइने भन्दै दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुको हकमा पनि सरकार प्रतिबद्ध रहेको बताए । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि सरकार प्रयत्नशील रहेको मन्त्रीको भनाई छ ।

माधव समुह तत्काल सरकारमा सहभागी नबन्ने

काठमाडौं । एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नबन्ने भएको हो ।बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् । आफ्नो सपथ ग्रहणसँगै ओलीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।‘मन्त्रिमण्डल कत्रो बनाउने र को