काठमाडाैं : १६ औं संस्करणको युरो कप फुटबलमा आज (मंगलबार) ग्रुप अफ डेथ मानिएको समूह 'एफ' का दुई खेलहरु हुँदैछन्। युरोकपको स्वाद चाखिसकेका ३ देशले आज प्रतिस्पर्धा गर्दैछन्।पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ।आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ। यी दुईबीचको खेल राति पौने १ बजे जर्मनीकोम्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ।घरेलु टिमको चुनौती चिर्दै फ्रान्स तेस्रो पटक युरोकप जित्ने अभियानमा दौडने प्रयासमा छ भने