बेन्जिमा करिब ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा

एजेन्सी। रियाल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा परेका छन्। प्रशिक्षक डिडियर डेसच्याम्पसले बेन्जेमालाई युरोपियन च्याम्पियनसिपका लागि टिममा बोलाएका हुन्। सहयात्रीलाई ‘ब्याकमेल’ गरेको काण्डपछि बेन्जेमा २०१५ यता फ्रान्स टिममा छैनन्। बेन्जेमाले युरो २०१६ र २०१८ को विश्वकप गुमाएका थिए। बेन्जेमाले फ्रान्सबाट ८१ खेलमा २७ गोल गरिसकेका छन्। फ्रान्सले समूह ‘एफ’मा हंगेरी, पोर्चुगल र जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।