खुत्रुके : बालबालिकालाई सिकाउनुपर्छ पैसा बचत गर्ने कला

बचत गर्ने बानीले जीवनलाई सरल बनाउँछ । पैसा कति कमाइन्छ भन्दा पनि कमाएको पैसामध्ये कति बचत गरिन्छ, त्यो ठूलो कुरा हो । जब बचत गर्न जानिन्छ तब पैसाको कहिल्यै दु:ख हुँदैन । त्यसैले बचत गर्ने बानी सानै उमेरदेखि सिकाउनुपर्छ । जसरी हामी सानैदेखि बच्चालाई बिहान उठेर मुख धुन, दाँत माझ्न सिकाउँछौं, त्यसरी नै बच्चालाई पैसा […]

सम्बन्धित सामग्री

खुत्रुके बचतमा बालबालिकाको आकर्षण

रौतहट । चन्द्रनिगाहपुर हाट बजारबाट गत शुक्रवार राजन जैसवालले खुत्रुके किनेर ल्याए । माटोबाट बनेका दुईओटा खुत्रुके किनेर एउटा आफै र अर्को बहिनीलाई दिएको उनले बताए । जनज्योति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत राजनले दैनिक १० देखि १०० रुपैयाँसम्म खुत्रुकेमा बचत गर्दै आएका छन् ।  बचत गरेको रकमले उनले खेलकुद सामग्री किन्ने योजना बनाएका छन् । ‘भर्खरै हाट बजारबाट खुत्रुके किनेर ल्याएँ,’ उनले भने, ‘बहिनीले पनि खुत्रुके बचत गरेको रकमले स्टेशनरी सामग्री किन्ने गरेकी छिन् । उनकी बहिनी नन्दनीले अभिभावकले दिएको खुद्रा रकम बचत गर्ने गरेकी छिन् । विद्यालयमा दिउँसो खाजा खान अभिभावकले दिएको रकमको केही अंश बालबालिकाले खुत्रुकेमा बचत गर्ने गरेका छन् । निजी तथा सरकारी विद्यालयमा अध्ययनरत स–साना विद्यार्थीको आकर्षण खुत्रुके बचततर्फ देखिन्छ । सोही विद्यालयमा अध्ययनरत प्रिन्स मिश्राले खाजा खान अभिभावकले दिएको रकम आफूले बचत गर्ने गरेको सुनाए ।  बचत गरेको रकमले स्टेशनरी र खेलकुद सामग्री किन्ने गरेको उनको भनाइ छ । केही महीना अघिमात्र खुत्रुके बचतकै रकम प्रयोग गरेर उनले साइकल किनेका थिए । आफ्ना बालबालिकाले खुत्रुके बचत गर्ने बानीको विकास गरेपछि अभिभावकहरू पनि खुशी देखिन्छन् । चन्द्रनिगाहपुरका एक अभिभावक वसन्ती जैसवालले छोराले खाजा खान मागेको पैसा विद्यालयबाट फर्किएर आएपछि खुत्रुकेमा जम्मा गर्ने गरेको बताइन् । ‘छोराको बचत गर्ने बानी बसेको छ । स्टेशनरी र खेलकुद सामग्री जम्मा गरेको रकमले नै किन्छ,’ उनले भनिन्, ‘छोरा अध्ययनरत विद्यालयको मासिक शुल्क मात्र तिर्नुपर्दा सजिलो भएको छ ।’ कक्षा २ मा अध्ययनरत आरध्या पौडेल साथीहरू सबैले पैसा जम्मा गर्न थालेको देखेर आफुले पनि खुत्रुकेमा बचत गरेको बताउँछिन् । अहिले चन्द्रनिगाहपुरमा रहेका एक दर्जनभन्दा बढी निजी तथा सरकारी विद्यालयका विद्यार्थीले खुत्रुकेमा रकम बचत गर्दै आएका छन् । स्थानीय जनज्योति माध्यमिक विद्यालयका शिक्षक मधु पौडेलले विद्यार्थीमा बचत गर्ने बानीको विकास भएको बताए । नियमित बचत गर्न अभिभावक, शिक्षक लगायतले बालबालिकालाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ । बालबालिकालाई खुत्रुके बचततर्फ आकर्षित गर्न सहकारी संस्थाका साथै बैंकले पनि विविध योजना ल्याएका छन् । संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विभु पोखरेलले खुत्रुके बचत गर्ने बालबालिकालाई जन्मदिनमा उपहार दिने गरिएको बताए । खुत्रुके बचत हुँदै विस्तारै बैंकसम्म बालबालिकाको पहुँच पुग्ने र बचत गर्ने बानी थप विकास हुने उनको भनाइ छ ।

छोरीका लागि खुत्रुके बचत

सन्धिखर्क नगरपालिकाले छोरी जन्माउने परिवारलाई प्रोत्साहन गर्न बचत योजना सुरु गरेको छ । पालिकाले ‘नगर प्रमुख खुत्रुके बचत योजना’ ल्याएको हो । गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने समस्या बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न योजना ल्याएको पालिकाको भनाइ छ । चालु आवदेखि कार्यक्रम लागू गरिएको छ ।

‘खुत्रुके बचत गरेर छोरीलाई साइकल किनिदिएँ’

काठमाण्डौ – धनुषाकी इन्दु रावतसँग छोरीले मागेको पहिलो कुरा थियो ‘साइकल’ । कतिपय बुवाआमाका लागि सामान्य झैँ लाग्ने कुरा इन्दुका लागि छोरीको यो चाहना पूरा गर्न कठिन थियो । श्रीमानले साउदीमा कमाएको पैसाले घर चलाउनु पर्ने बाध्यता । नुनदेखि चामलसम्म किन्नु पर्ने । विदेश जाँदा काढेको ऋण तिर्दा घर चलाउन ह...

‘खुत्रुके बचत गरेर छोरीलाई साइकल किनिदिएँ’

काठमाण्डौ – धनुषाकी इन्दु रावतसँग छोरीले मागेको पहिलो कुरा थियो ‘साइकल’ । कतिपय बुवाआमाका लागि सामान्य झैँ लाग्ने कुरा इन्दुका लागि छोरीको यो चाहना पूरा गर्न कठिन थियो । श्रीमानले साउदीमा कमाएको पैसाले घर चलाउनु पर्ने बाध्यता । नुनदेखि चामलसम्म किन्नु पर्ने । विदेश जाँदा काढेको ऋण तिर्दा घर चलाउन हम्मे हम्मे हुने । कसरी किनिदिनु साइकल ? तर एक वर्ष अघि देखिको इन्दुकी जेठी छोरीको साइकल चढ्ने चाहना जसोतसो पूरा भएको छ ।  कसरी त ? इन्दु भन्नुहुन्छ, ‘पैसा भएर हैन, नहुँदा नहुँदै ...

सिभिल बैंकले ल्यायो दुई नयाँ निक्षेप योजना

सिभिल बैंकले दुई नयाँ निक्षप योजना ल्याएको  छ । बैंकले  बैंकले सर्वाधिक ब्याजदरउपलब्ध गराउने उदेश्यले  सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट)ल्याएको छ । न्युनतम मौज्दात रु २५,००० रहेको ‘सुपर...

घोराहीमा मातृशिशु स्वास्थ्य सुधारमा खुत्रुके बचत कार्यक्रम

दाङ  - दाङको घोराही उपमहानगरपालिकाले मातृशिशु स्वास्थ्यको कार्यविधि बनाएर आमा र बच्चाको स्वास्थ्य सुरक्षामा लगानी सुरु गरेको  छ । उपमहानगरपालिकाले उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधि बनाएर आमा र बच्चाको स्वास्थ्यमा लगानी गर्न सुरु गरेको हो ।  गर्भवती भएदेखि नै आवश्यक स्वास्थ्य जाँच, पोषण, खोपलगाय...

मातृशिशु पोषणका लागि खुत्रुके बचत, पैसा स्थानीय सरकारले नै दिने

दाङ : घोराही उपमहानगरपालिकाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम शुरू गरेको छ। उपमहानगरले बुधवार उपमहानगरको ४ स्थित लक्ष्मीपुरबाट मातृशिशु स्वास्थ्य पोषणका लागि १ हजार रुपैयाँ सहित खुत्रुके वितरण कार्यक्रम शुरू गरेको हो। चालु आर्थिक बर्षको बार्षिक कार्यक्रमअन्तर्गत उपमहा...

विद्यार्थीको खाजा खाने पैसा खुत्रुकेमा वचत

सल्यानको एक विद्यालयका विद्यार्थीले खाजा खाने पैसा बचाएर खुत्रुकेमा जम्मा गर्न थालेका छन् । शारदा नगरपालिका–३ खलंगामा रहेको एम.एम. एकेडेमीले खुत्रुके बचत कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीले आफूले खाजा खाने पैसा बचाएर खुत्रुकेमा जम्मा गर्न थालेका हुन् । विद्यार्थीहरूले खाजाको पैसा बचाएर ३७ हजार २ सय १४ रूपैयाँ जम्मा गरेको विद्यालयले जनाएको छ । विद्यालयले खुत्रुके बचत कार्यक्रम सञ्चालन गरेपछि उनीहरूले दैनिक खाजा खान ल्याएको पैसा बचत गर्न थालेका हुन् ।

वित्तीय साक्षरता कक्षाको प्रभावले खुत्रुके बचत

बिनिता राई/खोटाङ ।  कात्तिक २७ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा वित्तीय साक्षरता कक्षा सहभागीले खुत्रुके बचत सुरु गरेका छन् ।...