काठमाण्डौ – धनुषाकी इन्दु रावतसँग छोरीले मागेको पहिलो कुरा थियो ‘साइकल’ । कतिपय बुवाआमाका लागि सामान्य झैँ लाग्ने कुरा इन्दुका लागि छोरीको यो चाहना पूरा गर्न कठिन थियो ।
श्रीमानले साउदीमा कमाएको पैसाले घर चलाउनु पर्ने बाध्यता । नुनदेखि चामलसम्म किन्नु पर्ने । विदेश जाँदा काढेको ऋण तिर्दा घर चलाउन हम्मे हम्मे हुने ।
कसरी किनिदिनु साइकल ? तर एक वर्ष अघि देखिको इन्दुकी जेठी छोरीको साइकल चढ्ने चाहना जसोतसो पूरा भएको छ ।
कसरी त ?
इन्दु भन्नुहुन्छ, ‘पैसा भएर हैन, नहुँदा नहुँदै ...