सन्धिखर्क नगरपालिकाले छोरी जन्माउने परिवारलाई प्रोत्साहन गर्न बचत योजना सुरु गरेको छ । पालिकाले ‘नगर प्रमुख खुत्रुके बचत योजना’ ल्याएको हो । गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गर्ने समस्या बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न योजना ल्याएको पालिकाको भनाइ छ । चालु आवदेखि कार्यक्रम लागू गरिएको छ ।