काठमाण्डाै - निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनको आरोपमा बाराको पचरौता नगरपालिकाका मेयर जलन्धरसिंह जैसवारलाई २५ हजार रुपैयाँ जरिबाना गरेको छ ।
आचारसंहिता विपरीत तथा कार्यक्रममा स्वीकृत भएका बाहेकमा बजेट खर्च गरेको भन्दै जैसवारलाई जरिबाना गरिएको आयोगले जनाएको छ ।
त्यस्तै, आचारसंहिता उल्लङ्घनमै काठमाण्डौ-१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुकार बमलाई आयोगले पाँच हजार रुपैयाँ जरिबाना गरेको छ ।
बमलाई आफ्नो नाम अङ्कित टिसर्ट प्रयोग गरेको भन्दै जरिबाना गरिएको आयोगले जनाएको छ । यस्तै, व्यापार तथा निकासी केन्द्रका...