हुम्ला – हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएको सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे हुँदै आएको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन सय ५७ थान सुधारिएको चुलोमध्ये एक सय १७ थान नौ महिनादेखि बेवारिसेरूपमा राखिएको हो ।
गएको वैशाखमा सल्लिसल्लाबाट खच्चरमा ढुवानी गरी नल्ला पुल नजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको सिमकोट गाउँपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिनुभयो ।
दुई सय सय ४० थान चुलो ट्र्याक्टरबाट सदरमुकाम सिमकोटमा लग...