अध्यात्म अत्यन्त गहन र गम्भीर विषय हो । यसप्रतिको आकर्षण र यसको यथेष्ट ज्ञान प्राप्ति गर्न उद्यत पिपासुले आफूमा छाएको अज्ञानरूपी अन्धकारलाई ज्ञानको प्रकाशले हटाउन सक्छ । अनि आफ्नो जन्म र जीवनलाई सार्थक तुल्याउन पनि सक्छ । अध्यात्म भन्नु नै एक अर्थमा आत्मासँग साक्षात्कार गर्नु हो । आत्मालाई चिन्नु, जान्नु र बुझ्नु हो । आपूmले आफैँलाई राम्ररी चिनेर आत्मा र परमात्मासम्बन्धी तìवज्ञान प्राप्त गर्नु हो ।
श्रुति, स्मृति, वेद, पुराण, विविध धर्मग्रन्थ र शास्त्र आदिले पनि मूल रूपमा अध्यात्मकै अनुष्ठानमा विशेष जोड दिएका छन् । संयमी जीवनको आवश्यकतामाथि महनीय प्रकाश पारेका छन् । यसकै कसीमा तर्क, प्रमाण आदिद्वारा सिद्ध भएको वा गरिएको विचार वा दर्शनकै आधारमा विविध किसिमका अध्यात्म प्रसङ्गहरू (सन्दर्भ, परिवेश, प्र