केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एकै मञ्चमा सहभागी भएकका थिए । भने उनीहरूले एकापसमा कसरी अभिभावदन गरे भन्ने हाउभाउ र तस्बिर पनि लोकप्रिय दृष्य हुन पुगेका छन् । विभाजित भए पनि सबै कम्युनिष्ट पार्टीका नेता तथा कांग्रेसका नेताले मुलुकका सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सवल बनाउनुको विकल्प नभएकामा समान मत व्यक्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेलले राजतन्त्र फर्काउनुपर्ने प्रस्ताव गरे ।