नेपालमा अन्य महिनाभन्दा मंसिरमा धेरै विवाह हुने गरेको छ । विवाहलाई एक अनिवार्य धार्मिक संस्कार मानिन्छ । विवाहपछि नै महिला–पुरुषलाई दाम्पत्य जीवन सुरु गर्नका लागि कानुन र समाजले मान्यता दिन्छ । विवाहका बारेमा हिन्दु शास्त्रहरुमा थुप्रै रोचक प्रसङ्ग उल्लेख छन् । यस्ता पौराणिक विवाहका बारेमा पढ्दा र सुन्दा निकै अचम्म लाग्छन्, त्यस बेलाको चलन देखेर ।