कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण तीब्र रुपमा बढ्दै गएपछि जापानका सबै राज्यका गभर्नरहरुको बैठकले संक्रमण रोकथामका लागि केन्द्र सरकार समक्ष आपतकालीन प्रस्ताव गरेका छन् । प्रस्तावमा कोरोना भाइरस संक्रमण वृद्धि हुन नदिन आवश्यक नियन्त्रणका लागि कडा कदम उठाउन आग्रह गरिएको छ । सोमबार राष्ट्रिय गभर्नर संघले अनलाइनन बैठक आयोजना गरी सो आपतकालीन प्रस्ताव गरेका हुन् …